घरेलु तथा साना उद्योग विकास कार्यालयका खरिदार ७४ हजार घुससहित पक्राउ

काठमाडौं, ९ साउन । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दोलखाका खरिदार पुष्कर अधिकारी घुससहित पक्राउ परेका छन्। होटल व्यवसाय दर्ता गरिदिन भन्दै घुस मागेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय दोलखाको टोलीले अधिकारीलाई ७४ हजार घुससहित रंगेहात पक्राउ गरेको हो।

प्रशासनको टोलीले अन्य सेवाग्राहीबाट घुस लिएको रकमसमेत उनको साथबाट बरामद गरेको छ। रंगेहात बरामद ४ हजार र कोठाबाट बरामदसहित ७३ हजार नौ सय ५० रुपैयाँसहित अधिकारीलाई प्रशासनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बुझाएको छ।

अधिकारीलाई अहिले हिरासतमा राखेर अख्तियारले अनुसन्धान बढाइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

Loading...