एजेन्सी, अफ्रिकी मुलुक लिबियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा कम्तिमा ११५ जना बेपत्ता भएका छन् । लिबियाको तटीय क्षेत्रमा आप्रवासी सवार डुंगा डुब्दा सो दुर्घटना भएको हो ।
दुर्घटनापछि एक जनाको शव भेटिएको छ भने १३४ जनाको उद्धार गरिएको छ । करिब २५० जना सवार रहेको डुंगा दुर्घटना हुँदा बाँकी सबै बेपत्ता भएका छन् । डुंगामा अधिकांश अफ्रिकी र अरबी मुलुकका आप्रवासी रहेको बताईन्छ ।
लिबियाको राजधानी त्रिपोलीबाट करिब १२० किलोमिटर टाढा रहेको एक शहरबाट ठूलो संख्याका आप्रवासीहरु भूमध्यसागर पार गर्न डुंगामा चढेका थिए ।
सबै जना फरक फरक डुंगामा चढेका थिए की एकै डुंगामा भन्ने चाही खुलेको छैन । प्राय द्धन्दग्रस्त देशबाट युरोप मुलुकमा प्रबेश गर्नका लागि अधिकांश आप्रवासीहरु सामुन्दि«क मार्ग हुँदै प्रबेश गर्ने गर्छन् जुन क्रममा कयौँ डुंगा दुर्घटना हुँदै आएका छन् ।