कांग्रेसले १५१ जनालाई कारवाही गर्ने

काठमाडौ, ८ साउन । एक महिनाको अन्तरालमा कांग्रेसको अनुशासन समितिले दुई पटकमा १५१ जनाविरुद्ध कारवाहीको निर्णय गरेको छ ।समितिले गत असार ३ मा १२८ जना कांग्रेसीलाई २ वर्ष अघिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेर अन्तर्घात गरेको भन्दै कारवाही गरेको थियो ।

गत सोमबार सोलुखुम्बू, रौतहत र दैलेख जिल्लाका २३ जनाविरुद्ध पनि कारवाही गरेको विज्ञप्ति जारेको छ ।चुनावमा बागी उम्मेदवार, उनीहरुको प्रस्तावक र समर्थकविरुद्ध कारवाही गर्न जोड गरिएको छ । कांग्रेसमा आन्तरिक अनुशासन नाजुक रहेको टीकाटिप्पणी भइरहँदा समितिले पछिल्लो समय कारवाही तीव्र पारेको हो ।

स्थानीय तहको निर्वाचनलगत्तै सभापति शेरबहादुर देउवाले पार्टीभित्रबाटै चुनावमा व्यापक असहयोग भएको भन्दै रमेश रिजालको नेतृत्वमा अनुशासन समिति गठन गरेका थिए ।

Loading...