गुल्मीमा ठूलो पहिरो, ६ जनाको मृत्यु, आधा दर्जन बढी वेपत्ता

गुल्मी, ७ साउन । गुल्मीको सत्यवती गाउँपालिकामा भीषण पहिरो गएको छ । पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने १२ जना वेपत्ता भएका छन् । सत्यवती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा भीषण उक्त पहिरो गएको हो । पहिरोमा परेका दुई जनाको उद्धार गरिएको छ । गए राति खसेको […]

जापानमा काम गर्न जान चाहनेको लागि खुसीको खबर भाषा परीक्षा कार्तिकमा

जापानमा नेपाली कामदार पठाउन आवश्यक भाषा र सीपसम्बन्धी परीक्षा अक्टोबरको अन्तिम साताबाट शुरू हुने श्रम मन्त्रालयले जनाएको छ। जापान सरकारले शुरूमा अरूको हेरचार गर्ने ‘केयरगिभर’ का रूपमा कामदार लिन चाहेकाले त्यसैअनुसार भाषा परीक्षाको तयारी भइरहेको मन्त्रालयका सचिव महेशप्रसाद दहालले बताए। तर केयरगिभरका लागि कति नेपाली कामदार जापानले लिन खोजेको भन्ने चाहिँ आफूलाई जानकारी आइनसकेको श्रम […]

अनौठो गरी कम्मरमा दुइ किलो सुन बाँधेका १७ वर्षे युवक थानकोटमा पक्राउ

काठमाडौं, ५ साउन । काठमाडौंको नागढुंगाबाट प्रहरीले अचम्मको कलापूर्ण तरिकासहित सुन ल्याउने एक युवकलाइ पक्राउ गरेको छ । भैरहवाबाट आउँदै गरेको एक ट्रकबाट ती युवकलाइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रसुवा घर भएका १७ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । उनले कम्मरमा बेरेर अर्कै दुई किलो पहेँलो धातु बोकेका थिए । उक्त धातु […]

निर्माण सकेको दुई महीनामै रोशी पुल भासियो

काभे्रपलाञ्चोक, ५ साउन । निर्माण भएको दुई महीनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले उक्त पुल बनाएको हो । रु तीन करोडको लागतमा निर्मित उक्त पुल ३५ दशमलव […]

ठूलो वर्षा गराउने मौसम सक्रिय, भोलिदेखि नेपालमा भारी वर्षा हुने मौसमविदको भनाइ

काठमाडौं, ५ साउन । नेपालमा भाेलिदेखि ठूलाे वर्षा हुने माैसमविदले बताएका छन् । भारतबाट नेपालतर्फ अाउने ठूलो वर्षा गराउने मौसमी प्रणाली मनसुनकाे न्यून चापीय रेखा नजिकिँदै गरेकाले वर्षाको मात्रा पुनः बढ्ने क्रममा रहेको मौसमविद्ले भनाइ छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले हाल नेपालदेखि दक्षिण रहेको न्यून चापीय रेखा बिस्तारै उत्तर आउने क्रममा रहेकाे जानकारी […]

विप्लवका उपत्यका ब्यूरो इन्चार्ज तथा चर्चित कलाकार माइला लामा पक्राउ

काठमाडौं, ५ साउन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । पछिल्लो समय उपत्यको कमाण्ड गरिरहेका पार्टी केन्द्रीय सदस्य समेत रहेका लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको हो । काँडाघारीको एक घरमा रहेका लामालाई घर घेरा हालेर समातिएको बताइएको छ । उनको साथमा […]

युएइमा बेचिएका युवाको दर्दनाक कथा

काठमाडौँ, ४ साउन । सामान्यतः मातृभूमि छाडेर वैदेशिक रोजगारीका लागि कोही पनि परदेशिन चाहँदैन । बेरोजगारीको चर्को समस्याले दैनिक जीवन नै धान्न कष्ट परेपछि बाध्यता बनिदिन्छ परदेशीनलाई । परिवारको साथ छाडेर मरुभूमिमा ‘पैसा टिप्न’ दौडिने समूह उत्तिकै छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट हरेक दिन एक हजारबढी युवा सुन्दर भविष्यको खोजीमा विदेशिन्छन् । कोही असाध्यै कष्टका […]

मन्त्रीमण्डल तत्काल परिर्वन : पौडेल

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारको मन्त्रीमण्डल तत्काल परिर्वन गर्नुपर्ने बताएका छन् । प्रदेश ५ को बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै नेता पौडेलले मन्त्रीमण्डल तत्काल परिर्वन गर्नुपर्ने बताएका हुन् । सरकार सुशासनको दिशामा कमजोर देखिएको स्वीकार गर्दै नेता पौडेलले त्यसै कारण पनि मन्त्री मण्डल परिवर्तन हुनुपर्ने तर्क गरे । […]

लोकसेवाको परीक्षा बिथोल्न खोज्ने चार जना पक्राउ

खोटाङ, ४ साउन । लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा आज बिहान चार जनालाई पक्राउ गरेको छ । खाेटाङकाे सदरमुकाम दिक्तेलमा शनिवार बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर विथोल्न खोजेको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका सचिव रवीन खम्बु, सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन […]

अब प्रम ओलीले सिंहदरवारको एक्सन रुममा बसेर ११ गौरवका आयोजनाको सीसीटीभीबाट अनुगमन गर्ने

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ११ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न आयोजनास्थलमा ‘आयोजना अनुगमन प्रणाली’ जडान गर्न कार्य अन्तिमचरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट नै ती आयोजनाको अनुगमन गर्न सिसीटिभी जडान गर्न थालिएको हो । अहिलेसम्म पाँच वटा आयोजनास्थलमा ‘आइपी क्यामेरा’ जडान गरिसकिएको […]