प्रचण्डका घरभेटीका कारण धुलो र हिलोखान बाध्य भएको भन्दै गगन थापा नै स्थानीय लिएर बसे धर्नामा

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा सडक विभागको कार्यालयमा धर्ना बसेका छन् । उनी आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नं. ४ का स्थानीय बासिन्दासहित सडक विभागको कार्यालयम धर्ना बसेका हुन् । काठमाडौं क्षेत्र नम्वर ४ अन्तर्गत कपन र बुढानिलकण्ठ क्षेत्रमा १२ वटा सडकको ठेक्का लिएको शैलुङ कन्ट्रक्सन लगायतका निर्माण कम्पनी विरुद्ध स्थानीयले […]

गाइखुरे झरनाबाट खसेर एक सैनिकको मृत्यु

लमजुङ, १३ भदौ । बेँसीशहर नगरपालिका–१ दलालको गाईखुरे झरनाबाट खसेर आज एक नेपाली सैनिकको मृत्यु भएको छ। दलालस्थित श्रीजङ् गणमा कार्यरत काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० घर भएका ३१ वर्षीय नेपाली सेनाका लेसनायक विजय श्रेष्ठको मृत्यु भएको हो। उक्त स्थानमा केही दिन अघि प्रथम क्यानोनिङ महोत्सव आयोजना गरिएको थियो। महोत्सवका कारण सो क्षेत्रमा भएको फोहरमैला सफाइ गर्न […]

एसपी दानबहादुर मल्लका नाममा नक्कली फेसबुक एकाउन्ट खोलेर गरियो बेइज्जत

चितवन, १२ भदौ । सिधा कुरा जनतासँग कार्यक्रमका चर्चित प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि नेपालका प्रहरीका एकजना एसपी पनि उत्तिकै चर्चामा आए । यसरी चर्चामा आउने एसपी हुन जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्ल । चर्चासँगै उनलाई विवादमा तान्ने प्रयत्न धेरै भए । कुनै समय पूर्व प्रधानमन्त्री तथा हालको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष […]

सरकारले फेरि अघि बढायो मिडिया काउन्सिल विधेयक

काठमाडौं, १२ भदौ । नेपाल पत्रकार महासंघसहित सबै मिडियाकर्मीहरुको व्यापक विरोधपछि स्थगित गरिएको मिडिया काउन्सिल विधेयक फेरि अगाडि बढाइएको छ । सरकारले संघीय संसदको उपल्लो सदन राष्ट्रिय सभामा नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई पेश गरेको छ। आम पत्रकार तथा मिडियाकर्मीहरुको विरोधपछि यसअघि ल्याइएको विधेयक स्थगित गरिएको थियो । तर, बिहीबार सरकारका तर्फबाट सञ्चार तथा […]

नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि मलेशियाको पुरानै अडान

मलेशिया सरकारले वैदेशिक रोजगारीका लागि नेपाली नागरिकहरूको स्वास्थ्य परीक्षण गर्न विवादमा आएका ३६ पुरानै संस्थालाई मान्यता दिने बताएको छ। नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पठाएको एक सय २२ संस्थामध्येबाट मलेशियाले ती संस्था छनोट गरेको हो। यसअघि काम गरेका ३७ स्वास्थ्य संस्थाले अवैध रूपमा काम गरेको भन्दै नेपालले कामदार मलेशिया पठाउन रोकेको १५ महिना […]

काठमाडौं आइपुगे रवि लामिछाने, विमानस्थलमा पञ्चेबाजसहित भव्य स्वागत

काठमाडौं । चितवन प्रहरीको न्यायिक हिरासतबाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् । चितवन जिल्ला अदालतको आदेशपछि सोमबार धरौटीमा रिहा भएका रवि लामिछाने बुधबार दिउँसो काठमाडौं आएका हुन् । उनलाई स्वागत गर्न सयौं मानिस विमानस्थल पुगेका थिए । विमानस्थलबाट बाहिरिँदा उनलाई समर्थकहरुले पञ्चेबाजासहित स्वागत गरेका थिए । रविको समर्थकमा नारासमेत […]

प्रअकै भरमा शिक्षा शाखा

सल्यान । सल्यानको कुमाख गाउँपालिकाको शिक्षा शाखामा हालसम्म कुनैपनि कर्मचारी छैनन् । २०७५ साल माघ ३० गतेदेखि संघीय सरकारले कार्यरत स्रोतव्यक्तिहरूको काज फिर्ता गरी हटाएपछि यो अवस्था सिर्जना भएको हो । कर्मचारीको अभावले गर्दा विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण, कक्षा अवलोकन-परामर्श, रिपोर्टिङ जस्ता प्राविधिक कार्य ठप्प रहेका छन् भने विद्यालयका तथ्याङ्क संकलन तथा अद्यावधिक कार्य […]

सञ्चारमन्त्री आक्रोशित हुँदै भने ‘यस्ता वाहियात कुरा गर्ने? प्रधानमन्त्री स्वस्थ हुनुहुन्छ’

काठमाडौँ, १० भदौ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरबाट भिडियो कन्फरेन्समार्फत सरकारका मन्त्रीसँग छलफल र अन्तरक्रिया गर्नु स्वाभाविक भएको स्पष्ट गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सिङ्गापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीले सोमबार मन्त्रीहरुसँग गरेको अन्तरक्रियामा नयाँ प्रविधिको प्रयोग भएको र यसलाई अन्य व्याख्या विश्लेषण गर्न जरुरी नभएको बताए । प्रवक्ता बाँस्कोटाले भिडियो कन्फ्रेन्सलाई […]

कालिकोट छाप्रेमा भीषण पहिरो, तीन वटा वडाका वस्तीहरु ठूलो जोखिममा

कालिकोट, १० भदौ । कालिकोटको छाप्रेमा गएराति भीषण पहिरो गएको छ । पहिरोका कारण तीन वटा वडाका वस्तीहरु ठूलो जोखिममा परेका छन् । तिलागुफा नगरपालिका-७ छाप्रेमा भीषण पहिरो गएको हो। गएराति अबिरल वर्षासँगै गाउँ माथिबाट पहिरो आएपछि स्थानीयवासी गाउँ छाडेर भागेका छन्। पहिरोका कारणा तिलागुफा नगरपालिकाको वडा नं. ६, ७ र ८ का तीन वटा […]

असोज अन्तिम साता सवारी अनुमतिपत्रको आवेदन खुल्ने

हेटौँडा, १० भदौ । प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ । भौतिक पूर्वाधार निर्माणका लागि अहिले हेटौँडामा प्रहरी ट्रायल सेन्टरको निर्माणकार्यको थालनी भइरहेको र कार्यालयमा आवश्यक प्रविधिको जडान गर्ने कार्य पनि […]