एनओसीको निर्वाचन स्थगित

काठमाडौँ, १९ भदौ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलिको लागि तय भएको कार्य समितिको निर्वाचन स्थगित भएको छ । सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै यही भदौ २० गतेका लागि तय भएको एनओसीको निर्वाचन स्थगित गरिएको एनओसीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाइएको […]

डेङ्गुका बिरामी ११ पुगे

दमौली, १९ भदौ । तनहुँ जिल्लामा डेङ्गुका बिरामी बढेका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका ११ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत एवं महामारी रोग नियन्त्रणसम्बन्धी फोकल पर्सन ऐश्वर्यचन्द्र भट्टराईका अनुसार आज मात्रै व्यास नगरपालिकाका दुई जनामा डेङ्गुको सङ्क्रमण देखा परेको छ । यसअघि बुधबार आँबुखैरेनीका दुई जनामा डेङ्गु देखियो […]

१० वर्षमा वैदेशिक रोजगारीमा जाने ७,४५५ को मृत्यु

काठमाडौँ, १९ भदौ । वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु पर्ने तीतो यथार्थ हामीमाझ छ । दश वर्षको अवधिमा रोजगारीमा गएकामध्ये झण्डै साढे सात हजारले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६५/६६ […]

प्रेरक कथाः विदेशको दुःख सम्झेर स्वदेशमा आफ्नै व्यवसाय चलाउनेहरुका कथा

सुरुङ्गा, १९ भदौ । वैदेशिक रोजगारीमा गएका अधिकांश व्यक्तिले स्वदेश फर्किए पछि पशुपालन व्यवसाय गर्ने गरेको पाइएको छ । जिल्लाका अधिकांश ठाउँमा खोलिएका पशु फार्म सञ्चालकमध्ये धेरैजसोले वैदेशिक रोजगारीबाट फर्किए विदेशको दुःख सम्झेर आफ्नै व्यवसाय थालेको बताएका छन् । अर्जुनधारा नगरपालिका–१० सेतीपानीका दिव्यराज खतिवडा १० वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) र मलेशिया […]

देशलाई विकासको नयांँ युगतर्फ लैजाने समय आयो: अध्यक्ष प्रचण्ड

चितवन, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताए ।  भरतपुर महानगरपालिकाले आज यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याए । छिटोभन्दा छिटो विकास चाहेका जनताले विकासले गति […]

दृष्यावलोकन स्तम्भको निर्माण सुस्त

काठमाडौँ, १८ भदौ । काठमाडौँ महानगरपालिकाको महत्वकाक्षी योजनामा पर्ने काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) को निर्माण सुस्त रहेको छ । निर्माण शुरु भएको पाँच वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भए पनि तीन वर्ष बित्दा समेत निर्माणले गति लिन सकेको छैन् । अहिलेसम्म स्तम्भ निर्माणको काम जम्मा १५ प्रतिशत मात्रै सम्पन्न भएको कामपाले जनाएको छ । […]

स्थानीय तहलाई ११ अर्ब ४० करोड अनुदान सहायता

काठमाडौँ, १८ भदौ । प्रदेश तथा स्थानीय शासकीय सहयोग कार्यक्रम (पिएलजिएसपी) कार्यान्वयन गर्न नेपालको विकासका साझेदारले संयुक्तरूपमा रु ११ अर्ब ४० करोड अनुदान सहायता उपलव्ध गराउने भएका छन् । युरोपेली सङ्घ, बेलायत, नर्वे र स्विट्जरल्याण्डले व्यावहारिक, दिगो, समावेशी र उत्तरदायी प्रान्तीय एवं स्थानीय शासन व्यवस्था सुनिश्चित गर्न चार वर्षका लागि उक्त रकम अनुदानस्वरुप उपलब्ध गराएका […]

सेनाले बारा र पर्सामा निर्माण गरेका घर हस्तान्तरण

वीरगञ्ज, १८ भदौ । हावाहुरी तथा चक्रवातबाट ठूलो जनधनको क्षतिभएको बारा र पर्साका पीडित जनताका लागि निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज यहाँ आयोजित एक कार्यक्रममा बारा पर्साका प्रभावित स्थानीय तहका प्रमुखलाई घर हस्तान्तरण गर्नुभयो । जनता आवास पुनःनिर्माण […]

जहाजको इन्जिन आकाशमै फेल भएपछि काठमाडौं एयरपोर्टमा आकस्मिक अवतरण, टर्यो ठूलो दुर्घटना

kathmandu-Airport

काठमाडौं, १८ भदौ । बुधवार बिहान सिता एयरको एक जहाज दुर्घटनाबाट धन्न जोगिएको छ । सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको एक जहाजको आकाशमै इन्जिन फेल भएपछि चालकले आकस्मिक अवतरण गर्न सफल भएका छन् । सिता एयरको ९ एन–एजेएच जहाजको एक इन्जिन आकासमै फेल भएपछि पाइलटले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए । […]

भुक्तानी नपाएसम्म काम गर्न नदिने मेलम्चीका मजदुरको चेतावनी

मेलम्ची, १८ भदौ । मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेका छन् । स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै मेलम्चीमा धर्ना कार्यक्रमको घोषणा गरेका हुन् । समिति बनाएर […]