देशभरिका विज्ञान विषयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिने

काठमाडौं । कक्षा १२ मा विज्ञान विषयमा उत्कृष्ट विद्यार्थीलाई सरकारले पुरस्कृत गर्ने भएको छ । आगामी असोज १ गते परेको विज्ञान दिवसमा अवसरमा हरेक प्रदेशका सामुदायिक र निजी विद्यालयका उत्कृष्ट एकरएक गरी १४ विद्यार्थीलाई पुरस्कृत गर्न लागिएको हो । दिवस मनाउनका लागि सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका […]

सुदूरपश्चिममा २४ जनामा डेङ्गु, सतर्कता अपनाउन आग्रह

डोटी, २८ भदौ । सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो । उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइसकेको छ । दिपायल सिलगढी नगरपालिका–६ थाप्लाका छत्र मलासी […]

मलेसिया जान अब कुनै पनि शुल्क तिर्नु नपर्ने, कम्पनी परिवर्तन गर्न पाइने, राहदानी कम्पनीले नखोस्ने जस्ता प्रष्ट सहमति

काठमाडौं, २६ भदौ । मलेसियामा नेपाली कामदार पठाउनका लागि नयाँ सहमति भएको छ । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुला गर्न नेपाल र मलेसिया सरकारबीच यस्तसो सहमति भएको हो । दुई देशका श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा भएको सहमतिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने र नेपालबाट शुन्य लागतमा कामदार मलेसिया पठाउने उल्लेख गरिएको […]

इन्द्रजात्रा अवलोकन गर्न ६ देशका ५ नगरप्रमुखसहित ४८ विदेशी पाहुना काठमाडौँ आउँदै

काठमाडौँ, २६ भदौ । इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउँदै छन । भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । “भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन […]

माछा बेचेरै टरेको छ जिन्दगी, छैनन महलका सपना

मुग्लिन, २५ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङको बीच सिमाना मौवाखोला नजिकै दैनिक डोरीमा माछा उनेर काठमा झुण्ड्याएर उभिरहने व्यक्ति हुन् धादिङ बेनीघाट रोराङ गाउँपालिका–१० मौवाखोलाका नवराज खरेल । उनी यसरी नै माछा झुण्ड्याएर बेच्दै यही ठाउँमा बसेको १८ वर्ष भयो । राजधानी काठमाडौँ भित्रिने मुख्य सडक यस पृथ्वीराजमार्गमा दैनिक करीब १० हजारको […]

नारामा समानता तर नियतमा असमानताः समानताका नाममा असमान बजेट लाद्दै स्थानीय निकाय

घोराही, २५ भदौ । देश सङ्घीयतामा गएसँगै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अभ्यासमा केही मात्रामा सकारात्मक काम भएका छन् । तर स्थानीय सरकारले लैङ्गिक समानताका लागि सामाजिक समावेशीकरण क्रियाकलाप समावेश गरे पनि उल्लेख्य बजेट छुट्याउन सकेका छैनन् । पहिलेभन्दा अहिले लैङ्गिक समानताका लागि बजेट बढी भए पनि तुलनात्मकरूपमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरुका लागि […]

‘प्रत्येक वर्ष जब चमेलिया नदीको छाल घरभित्रै आउँथ्यो किडीदेवीलाई मृत्युको आभास हुन्थ्यो’

दार्चुला, २५ भदौ । शैल्यशिखर नगरपालिका–९ का किडीदेवी बादीको गत वर्षसम्म बर्खायाम आउँदा जाग्राम बस्नुपर्ने बाध्यता थियो । घरभित्रै चमेलिया नदीको छाल आउँथ्यो । कति बेला भाँडाकुँडा बगाउने डर हुन्थ्यो भने कति बेला परिवार नै बगाएर लैजाने चिन्ताले पिरलिरहन्थ्यो । प्रत्येक वर्ष चमेलिया नदी वर्षायाममा उर्लेर आउँदा उनलाई त्यही समस्याले पिरोल्थ्यो । उर्लेर बहेको चमेलिया […]

नेकपाको कार्यक्रममा कुटाकुट, आधादर्जन घाइते, फुट्यो नेताको टाउको, प्रभु साह हलबाट निकालिए

बर्दिवास, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुबीच कुटाकुट हुँदा आधादर्जन नेता कार्यकर्ता घाइते भएका छन् । महोत्तरीको बर्दिवासमा राखिएको प्रदेश २ का आठै जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण गर्ने कार्यक्रम यस्तो कुटाकुट भएको हो । कुटाकुटका क्रममा एक नेताको टाउको फुटेको छ भने अरुहरुको पनि गम्भीर चोट लागेको बताइएको छ । बर्दिवासस्थित सेवा […]

बहुप्रतिक्षित पेट्रोलियम पाइप लाइन सुरु भएसँगै घट्यो इन्धनको मुल्य

काठमाडौँ, २४ भदौ । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरे । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ […]

दक्षिण एशियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन मोदी र ओलीले दिल्ली र काठमाडौंबाट स्वीच दबाएर सुरु हुने

वीरगञ्ज, २३ भदौ । दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नेछन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्तरुपमा स्वीच थिची सो पाइपलाईनको दिउँसो १२.१५ मा उद्घाटन गर्ने कार्यक्रम रहेको […]