बुटवलको कान्ति मावि कक्षा १२ मा सर्वोत्कृष्ट

बुटवल, २० माघ । बुटवलको कान्ति माध्यमिक विद्यालयमा विज्ञान संकायतर्फकी छात्रा अंकिता गैरे कक्षा १२ मा सर्वोत्कृष्ट भएकी छन् ।

सोमबार प्रकाशित भएको कक्षा १२ को नतिजा अंकिताले ३.९२ जीपीए प्राप्त गरेकी छन् । त्यसैगरी सोही विद्यालयकै व्यवस्थापन संकायतर्फकी छात्रा आयुषा खातीले पनि ३.९२ जिपिए प्राप्त गरेकी छन् । कान्ति माविबाट यस वर्ष कक्षा १२ को परीक्षामा ६ सय ५ जना परिक्षार्थी सम्मिलित भएका थिए । त्यसमध्ये अधिकांश विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको कक्षा १२ को परीक्षाफल अनुसार कूल ४ लाख २१ हजार ७ सय ८९ जना परीक्षार्थी विभिन्न श्रेणीमा उत्तीर्ण भएका छन् । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको परीक्षा ७ महिनापछि गत मंसिरमा मात्र भएको थियो ।

Loading...