सर्वोच्चले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागु नगर्न परेको रिट खारेज गर्यो

काठमाडौं, २८ पुस । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरेको छ । सर्वोच्चले रिट खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ ।

अदालतका प्रवक्ता भद्रकाली पोखरेलले न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले रिट खारेज गरेको हो । सर्वोच्चले नयाँ पाठ्यक्रम रोक्न भन्दै परेको रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको जनाएको छ ।

यसअघि नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत अर्याललगायतले रिट निवेदन दिएका थिए । रिटमा पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाइएको थियो ।

Loading...