कालो टिसर्ट र कालै ब्यानरमा असोज तीन, कालो दिन भन्दै निस्कियो जुलुस

काठमाडौं, ३ असोज । नयाँ संविधान जारी भएको आजको दिन अर्थात असोज ३ लाई सरकारले भव्य रुपमा मनाइरहँदा काठमाडौंमा यो दिनलाई कालो दिन भन्दै कालो टिसर्टधारीहरुले जुलुस निकालेका छन् । बाक्लो सुरक्षा व्यवस्था गरिएको देशको राजधानीको मध्य मुटु वसन्तपुरदेखि इन्द्रचोक, असन क्षेत्रमा ठूलो जुलुस निकालेर ‘असोज तीन, कालो दिन’ भन्ने नारा लगाइएको हो । यसले […]

देशवासीका नाममा सम्वोधन गर्दै प्रम ओलीले भने, ‘निदाएको बेला होइन, ब्युँझिएको बेला सपना देखौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुर्छित सपनामाथि पानी छम्केको बताएका छन् । संविधान दिवसका अवसर शुक्रबार राजधानीको टुडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले मुर्छित सपनालाई जगाएको बताउँदै उनले मुलुकको काँचुली फेर्ने अभियानको नेतृत्व गरेको र त्यसलाई जसरी पनि पूरा गरी छाड्ने बताए । ‘भन्नकै लागि त भन्न सकिन्छ नि–खै […]

आज संविधान दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

काठमाडौं, ३ असोज । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज बिहिबारचार वर्ष पूरा भएको छ। नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो। संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। सरकारले संविधान जारी भएको चार वर्ष पुगेको […]

मध्यराति नगरपालिका कार्यालयमा बम विस्फोट

अछाम, ३ असोज । नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए। तार जोडेर करीब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ । […]

प्राधिकरणको ४७ अर्ब बजेट : अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता

काठमाडौँ, २ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर आव २०७६÷७७ का लागि रु ४६ अर्ब ९६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । प्राधिकरणले राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका तीन विमानस्थल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थ र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तथा हालको त्रिभुवन अन्तर्राष्ट्रिय […]

बालुवाटारमा सधै ठाङठाङ ठुङठुङ सुन्न थालेपछि प्रम ओलीले भने, ‘मेरो कार्यकाल यस्तै सुनेर सकिनेभयो’

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बन्दै गरेको प्रधानमन्त्री निवासको भवन बनाउने क्रमको ‘ठाङठाङ ठुङठुङ’ सुन्दै आफ्नो कार्यकाल बित्ने बताएका छन् । बिहीबार बालुवाटारमा निर्माण गर्न लागिएको प्रधानमन्त्री निवासको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूले त्यसो सुन्नु परे पनि त्यसपछिका प्रधानमन्त्री शान्तपूर्वक बस्न पाउने बताए । प्रधानमन्त्री निवासको निर्माणधीन भवन र राष्ट्र बैंकको बन्दै […]

फिफा वरियतामा नेपालको सुधार

काठमाडौँ, २ असोज । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६औँ स्थानमा रहेको थियो । दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १०४औँ […]

भूमि सम्बन्धि ऐन दुबै सदनबाट पास भयो, यस्ता छन् विशेषता

काठमाडौं, २ असोज । भूमि सम्बन्धी ऐन (आठौं संशोधन) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पास भएको छ । राष्ट्रियसभाबाट भएको संशोधनसहित प्रतिनिधिसभाले विहिबार उक्त ऐन  बहुमतले स्वीकृत गरेको हो । त्यस अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गरेकी थिइन् […]

मौसमी रुघाखोकी र ज्वरोबाट बच्ने उपाय

पछिल्लो समय देशभर रुघाखोकी र टाइफाइडका बिरामीहरूको सङ्ख्या बढेको चिकित्सकहरूले बताएका छन्। यो समयमा मौसमी बिमारीहरू नियमित देखिने भएपनि यसपटक भने बिरामीको सङ्ख्या पहिलेभन्दा बढेको उनीहरूको भनाइ छ। स्वास्थ्य मन्त्रालयका अनुसार सहरी क्षेत्रमा यस्ता रोगका बिरामीहरु बढी देखिएका छन्। तर महामारीको रूपमा फैलिएको डेङ्गीको नियन्त्रणमा केन्द्रित रहेको कारण अन्य रोगको रोकथामका लागि धेरै काम हुन नसकेको जनाइएको छ। […]

पत्रकारको बाँकी तलब र दशैँ खर्च उपलब्ध गराउन आग्रह

काठमाडौँ, २ असोज । नेपाल पत्रकार महासङ्घले दशैँ नजिकिरहेको सन्दर्भमा श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दशैँ पेश्की व्यवस्था गर्न सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ । काठमाडौँमा उपलब्ध पदाधिकारी र सदस्यहरुको बुधबार बसेको बैठकले पत्रकारको बाँकी पारिश्रमिक र दशैँ पेश्की उपलब्ध गराउने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए । […]