करिश्मा मानन्धर महानायिका घोषित

राष्ट्रिय जीवनका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउने दुई दर्जन महानुभावहरुलाई सम्मान गरिएको छ ।

आर के इन्टरटेनमेन्ट ग्रुपको विसौं वार्षिकोत्वको अवसरमा शनिवार राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले नेपाल विद्युत प्राधिकरणका पूर्व महानिर्देशक कुलमान घिसिङ, वरिष्ट स्त्रीरोग विशेषज्ञ तथा गितकार डा.भोला रिजाल, वरिष्ट चलचित्र निर्देशक तथा अभिनेता नीर शाह लगायतका दुई दर्जन भन्दा धेरैलाई सम्मान गरेेेेका हुन ।

सोही समारोहमा नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा चलचित्र निर्मात्री करिश्मा मानन्धरलाई आज महानायिका घोषित गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले मानन्धरलाई महानायिकाको पदवी प्रदान गरे ।

देश र देशवासीको हितमा विभिन्न क्षेत्रमा रहेर अहोरात्र महत्वपूर्ण योगदान पुर्याए वापत अभिनेत्री करिश्मा मानन्धर लगायतका महानुभावहरुलाई सम्मान प्रदान गरिएको कार्यक्रम आयोजक संस्था आर के इन्टरटेनमेन्ट ग्रुपका अध्यक्ष राम केसीले बताए ।

Loading...