पत्रकार महासंघ काठमाडौलाई महानगरबात १५ लाख सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखालाइ १५ लाख सहयोग गरेको छ। शाखाले जेष्ठ, अशक्त र गम्भीर प्रकारको रोग लागेका पत्रकारहरुको उपचारका लागि स्थापना गर्न महानगरले १५ लाख सहयोग गरेको हो । शनिबार काठमाडौँ जिल्ला शाखाको २२ औँ साधारणसभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरणपछि सो सभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रमुख शाक्यले व्यवसायिक पत्रकारिता अहिलेको आवश्यकता भएको भन्दै सञ्चारकर्मीहरुलाई निष्पक्ष भएर कलम चलाउन आग्रह गर्नुभयो । उहाले सही भन्दा पनि चाहिले भन्दा बढी लेपन गरेर समाचारलाई बङ्ग्याइय समाजमा गलत सन्देश जाने बताउनु भयो। कार्यक्रममा सुचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ, राष्ट्रियसभाका सांसद रामनारायण विडारीलगायतले पनि सम्वोधन गर्नुभएको थियो ।

Loading...