रेखा जोशी‘ उत्कृष्ट मौलिक गायिका’ अवार्डबाट सम्मानित

काठमाडौं । देउडा गायिका रेखा जोशी उत्कृष्ट मौलिक गीत अवार्डबाट सम्मानित भएकी छन् ।

सुदूरपश्चिम स्थायी घर भएकी गायिका जोशीले नुवाकोटमा सम्पन्न भएको दोस्रो नाटेश्वर म्युजिक अवार्ड अन्तर्गतको मौलिक गीत गायिकाको अवार्डबाट सम्मानित भएकी हुन् । गायिका जोशीले लै लै देउडा गीतबाट उत्कृष्ट मौलिक गीत गायिकाको अवार्ड पाएकी हुन्।

करिव ६ वर्षदेखि गायनमा प्रवेश गरेकी गायिका जोशीले करिव ७०० भन्दा बढी चर्चित देउडा तथा लोक गीतहरुमा स्वर दिइसकेकी छन् । उनका घुटुक्क बाडुली लाग्या, मैना लगायत धेरै गीतहरु चर्चामा छन् ।

Loading...