काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप खुकुलो पारिएको छ । सोमबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप केही क्षेत्रलाई खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थपेको हो। आजदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात पनि सञ्चालनमा आएका छन् । २५ सिट क्षमताभन्दा बढीका यस्ता सवारी साधनलाई जोरबिजोरका आधारमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म […]
मुख्य विशेष
अनामनगरमा ‘हाम्रो टिम नेपालले नि:शुल्क खुवाउन बनाएका टहरा महानगरले हटायो
काठमाडौँ ।अनामनगर स्थित सिंहदरवारको पूर्वी गेट अगाडि सार्वजनिक जागामा हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गराएको छ। काठमाडौं महानगरका नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सो सार्वजनिक जग्गामा बनाइएका टहरा जग्गा खाली गराएको हो। सो क्रममा प्रहरीले बिना अनुमति सार्वजनिक जग्गामा टहरा बनाई प्रयोग गरेको भन्दै हाम्रो टिमका केही […]
घरधनी प्रधानलाई हिरासतमा राखिएको प्रति नेवा: संघसंस्थाहरुको बिरोध
जातिय बिभेदका कारण कोठा भाडामा नदिएको भनि गरिएको उजुरीको आधारमा छानबिनको सिलसिलामा बिगत केही दिनदेखि का.म.न.पा.-११ का सरस्वती प्रधानलाई प्रहरी हिरासतमा राखिएको प्रति विभिन्न नेवा: संघसंस्थाहरुले बिरोध गरेका छन । सञ्चारकर्मी समेत रहेका रुपा सुनारले आफू कामी जातकी भएकै कारण कोठा भाडामा नपाएको आरोप सहितको कानूनी न्यायका लागि भनि राखेको उजूरीका आधारमा छानबिनकालागि ५८ वर्षीय […]
राजेन्द्र महतोको नागरिकता छानबिन गर्न अख्तियारमा उजुरी
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्रीबात पदमुक्त भएका राजेन्द्र महतोको नागरिकता छानबिन गरि पाउ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अधिवक्ताहरु वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले मंगलवार महतोको नागरिकता छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् । महतोले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री पद सम्हाले लगत्तै ‘बहुल […]
नेपालमा पनि भेटियो कोरोनाको अति संक्रामक अल्फा, डेल्टा र कप्पा भेरिएन्ट
काठमाडौं, ७ असार। कोरोना भाइरसका अति संक्रामक तीन किसिमका भेरिएन्ट नेपालमा पनि फैलिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अल्फा, डेल्टा र कप्पा नामका भेरिएन्ट नेपालमा पनि फैलिएको पुष्टि भएको हो। मन्त्रालयले सोमबार राति जारी गरेको विज्ञप्तिअनुसार गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागबाट संकलित ४८ नमुना विश्व स्वास्थ्य संगठनको […]
काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८÷२०७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । तर, उपमेयरसहित काँग्रेसका १४ जनप्रतिनिधिले नगरपरिषद् बहिष्कार पछि रोकिएको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको थियो। आजको […]
जाजरकोटमा बेपत्ता सातैजना सकुशल फेला
काठमाडौं, ४ असार । भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जाजरकोटको जलजला पाटनमा गएर बेपत्ता सात जना भेटिएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयवासीले उनीहरुलाई भेटाएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए। मङ्गलबारदेखि हराइरहेका कुशे गाउँपालिका-८ औलरिजाका दिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र वडा नं ९ का […]
विश्वासको मत प्राप्त गर्नसक्ने आधार परीक्षण गर्नेस्थल प्रतिनिधिसभा मात्र हो : सभामुख सापकोटा (पूर्णपाठसहित)
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनविरुद् १ सय ४६ सांसदले दायर गरेको रिटमा लिखित जवाफ बुझाउँदै राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार नरहे र विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्र भएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४६ सांसदले दायर गरेको रिटमा लिखित आज जवाफ बुझाउँदै सभामुख […]
लमजुङको दोर्दी खोलामा ठूलो बाढी, जलविद्युत आयोजनामा ठूलो क्षति, २ घर बगे
लमजुङ, १ असार । आइतबारदेखि निरन्तर परेको वर्षाका कारण लमुजङ जिल्लाको दोर्दी खोलामा आएको बाढीले यस क्षेत्रका जलविद्युत आयोजनामा ठूलो क्षति पु¥याएको छ । दोर्दी खोलाको एक जलविद्युत आयोजनामा काम गरिरहेका अमर बस्नेतले एकाएक बाढी आएपछि आफूहरु क्याम्पबाट भागेर ज्यान जोगाएको पनि बताए । बाढीले धेरै विद्युतका पोलहरु ढाल्नुका साथै अन्य भौतिक संरचनामा पनि ठूलो […]
निषेधाज्ञा एक हप्ता थपियो, पुस्तक र हार्डवेयर पूरै, तरकारी र खाद्यान्न पसल ११ बजेसम्म खुल्ने
काठमाडौं, ३० जेठ । उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । यद्यपि संक्रमण दर कम […]











