कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीद्वारा शपथ ग्रहण

काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मंगलबार अबेर उनलाई शपथ गराएका छन् । शाही मंगलबारै मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मंगलबार मुख्यमन्त्रीलेमात्र शपथ ग्रहण गरेका छन् । अन्यमन्त्रीहरुको शपथ ग्रहण मंगलबार भएन । कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाही माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा मुख्यमन्त्री बनेका हुन् । शाही कांग्रेसबाट मुख्यमन्त्री बन्ने दोस्रो व्यक्ति हुन् ।

२०७४ को प्रदेशसभा निर्वाचनमा कर्णालीका २४ प्रत्येक्ष सिटमध्ये कांग्रेसले एकमात्र सिट जितेको थियो । शाही हुम्लाबाट प्रत्येक्ष निर्वाचित कांग्रेस सांसद हुन् ।

 

Loading...