तिलक परियार, परशुराम खापुङ र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार राष्ट्रपति भण्डारीले प्रदेश १ मा खापुङ, कर्णाली प्रदेशमा परियार र सुदूरपश्चिम प्रदेशमा जोशीलाई प्रूदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/७/२२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम खापुङ, परियार र जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

Loading...