एमसीसीबारे नेकपा माओवादी केन्द्रले गर्यो यस्तो निर्णय

काठमाण्डाै। नेकपा माओवादी केन्द्रले एमसीसी प्रक्रिया तत्काल अगाडी नबढाउने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमति कायम नभइ र संशोधन तथा परिमार्जन नभइ एमसीसी सम्बन्धि प्रक्रिया अगाडी नबढाउने निर्णय गरेको हो ।

बैठकले आउँदाे पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय माओवादी केन्द्रले यसअघि नै गरिसकेको थियो । प्रवक्ता कृष्णबहादुर महराले प्रदेश पदाधिकारीहरूका सम्बन्धमा पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श गरेर टुङ्गो लगाउने निर्णय गरिएको बताउनुभयो ।

यसै गरि प्रवक्ता महराले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय भएको पनि जानकारी दिनुभयो ।

माओवादी केन्द्र न्यायालयभित्रको विवाद न्यायालय आफैँले टुङ्ग्याउनुपर्ने पक्षमा रहेको प्रवक्ता महराको भनाइ छ । माओवादी केन्द्रका प्रवक्ता महराले पाँच दलीय गठबन्धन समन्वय समिति सरकारलाई सहयोग गर्न र संविधानलाई ट्र्याकमा डोर्‍याउनका निम्ति आवश्यक रहेको उल्लेख गर्नुभयो ।

 

Loading...