२४ कम्पनीको साढे ६ अर्ब बढीको आइपिओ आउँदै

काठमाडौं । आइपिओ निष्कासनका लागि २४ वटा कम्पनीहरू नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा छन्।

यसमा १४ वटा जलविद्युत कम्पनी, छ वटा माइक्रोफाइनान्स कम्पनी, दुइटा बीमा कम्पनी र दुइटा अन्य कम्पनी पाइपलाइनमा रहेको बोर्डले जनाएको छ। यी कम्पनीका प्राथमिक सेयर निष्कासन प्रक्रिया विभिन्न चरणमा छ।

यी सबै कम्पनीले कुल ५ करोड ९३ लाख ६ हजार ४ कित्ता आइपिओ जारी गर्न आवेदन दिएका हुन्। सबै कम्पनीले जारी गर्न चाहेको आइपिओको जम्मा मूल्य छ अर्ब ६० करोड ७६ लाख ४ सय रूपैयाँ छ।

प्रक्रिया पूरा भएपछि बोर्डले निष्कासनको स्वीकृति दिनेछ। सामान्यतः स्वीकृति दिएको दुई महिनाभित्र आइपिओ जारी गर्नुपर्ने व्यवस्था छ।

आइपिओ निष्कासनको पाइपलाइनमा रहेका बीमा कम्पनीः

आइएमई लाइफ इन्स्योरेन्स र रिलायबल लाइफ इन्स्योरेन्सले आइपिओ जारी गर्न बोर्डमा आवेदन दिएका छन्। यी दुवै कम्पनीले ६०–६० लाख कित्ता आइपिओ जारी गर्ने छन्।

रिलायबलले एक अर्ब २७ करोड २० लाख रूपैयाँ बराबरको सेयर जारी गर्न अनुमति मागेको छ। रिलायबलले प्रिमियमको ११२ रूपैयाँसहित प्रतिकित्ता २१२ रूपैयाँका दरले आइपिओ जारी गर्न स्वीकृति मागेको हो। रिलायबललाई बोर्डले प्रारम्भिक समीक्षा अन्तर्गतको सूचीमा राखेको छ।

आइएमई लाइफले भने अंकित मूल्य एक सयका दरले नै जारी गर्नेगरी ६० करोड बराबरको ६० लाख कित्ता सेयर जारी गर्ने भएको हो। यसलाई बोर्डले समीक्षा गरी टिप्पणी पठाइएको सूचीमा राखेको छ।

रिलायबलले र आइएमइ दुवैले सिभिल क्यापिटल मार्केटलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेका छन्।

माइक्रोफाइनान्स कम्पनीहरूः

आइपिओ निष्कासन गर्न ६ लघुवित्त कम्पनीहरूले आवदेन दिएका छन्।

सिवाइसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार ३३६ कित्ता आइपिओ जारी गर्न आवदेन दिएको हो। यसले आफ्नो बिक्री प्रवन्धकमा ग्लोबल आइएमइ क्यापिटललाई नियुक्त गरेको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले तीन करोड ९५ लाख ३३ हजार ६ सय रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाले ६० हजार कित्ता आइपिओ जारी गर्न बिओके क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले ६० लाख रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

यी दुवैलाई बोर्डले प्रारम्भिक समीक्षा अन्तर्गतको सूचीमा राखेको छ।

अर्को लघुवित्त वित्तीय संस्था जाल्पा सामुदायिकको ५ लाख २२ हजार कित्ता आइपिओ जारी गर्न बिक्री प्रवन्धक प्रभु क्यापिटल नियुक्त भएको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले ५ करोड २२ लाख रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

त्यस्तै उपकार लघुवित्तको २ लाख ६६ हजार कित्ता आइपिओ जारी गर्न नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ बिक्री प्रवन्धक भएको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले २ करोड ६६ लाख २५ हजार रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

राष्ट्र उत्थान लघुवित्तले भने ८ लाख ५० हजार कित्ता आइपिओ जारी गर्न बिक्री प्रवन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले ८ करोड ५० लाख रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

जाल्पा, उपकार र राष्ट्र उत्थानलाई बोर्डले सीमक्षा गरी टिप्पणी पठाइएको सूचीमा राखेको छ।

नेस्डो समृद्ध लघुवित्तले ८ लाख २८ हजार ७ सय ५० कित्ता आइपिओ जारी गर्न बिक्री प्रवन्धकमा ग्लोबल आइएमइ क्यापिटललाई नियुक्त गरेको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले ८ करोड २८ लाख ७५ हजार रूपैयाँ बराबरको सेयर जारी गर्नेछ। यसलाई भने जवाफ आएर समीक्षाको सूचीमा बोर्डले राखेको छ।

पाइपलाइनमा रहेका जलविद्युत कम्पनीहरूः

सयपत्री हाइड्रोपावरले नौ करोड रूपैयाँको ९ लाख कित्ता प्राथमिक सेयर जारी गर्न बोर्डमा आवेदन दिएको छ। बिक्री प्रवन्धकका रूपमा एनआइबिएल एस क्यापिटल छ।

मोलुङ हाइड्रोपावर कम्पनीले ३५ लाख ३१ हजार कित्ता आइपिओ जारी गर्न बिक्री प्रवन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले ३५ करोड ३१ लाख रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

थ्री स्टार हाइड्रोपावर कम्पनीले १२ लाख ३१ हजार २ सय ५० कित्ता आइपिओ जारी गर्न हिमालयन क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

राप्ती हाइड्रोपावर कम्पनीले २९ लाख ४१ हजार ४ सय १० कित्ता आइपिओ जारी गर्न बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले २९ करोड ४१ लाख ४१ हजार रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

त्यस्तै स्वेतगंगा हाइड्रोपावर कम्पनीले गत कात्तिक १० गते ४७ लाख ७९ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको छ। यसले सानिमा क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले ४७ करोड ७९ लाख रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

मन्दाकिनी हहाइड्रोपावरले पनि कात्तिक १४ गते आवेदन दिँदै १७ लाख ६४ हजार १ सय १० कित्ता आइपिओ जारी गर्न अनुमति मागेको छ। यसले बिक्री प्रवन्धकमा बिओके क्यापिटललाई नियुक्त गरेको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले १७ करोड ६४ लाख ११ हजार रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

सयपत्री, मोलुङ, थ्रीस्टार, राप्ती, स्वेतगंगा र मन्दाकिनीलाई बोर्डले प्रारम्भिक समीक्षा अन्तर्गतको सूचीमा राखेको छ।

अपर सोलु हाइड्रोपावरले ३३ लाख ७ हजार ५ सय कित्ता आइपिओ जारी गर्न खोजेको छ। यसको बिक्री प्रवन्धक एनएमबी क्यापिटल हो। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले ३३ करोड ७ लाख ५० हजार रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

अपर हेवाखोलाले २० लाख कित्ता सेयर जारी गर्न बोर्डसँग स्वीकृति मागेको छ। बिक्री प्रवन्धक एनएमबी क्यापिटल छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले २० करोड रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

रिभर फल्स पावरले ३४ लाख ३० हजार कित्ता आइपिओ जारी गर्न प्रभु क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले ३४ करोड ३० लाख रूपैयाँ बराबरको सेयर जारी गर्नेछ। यी कम्पनीलाई भने बोर्डले समीक्षा गरी टिप्पणी पठाइएको सूचीमा राखेको छ। 

त्यस्तै जवाफ आएर समीक्षाको सूचीमा बोर्डले राखेका हाइड्रोपावर कम्पनीहरू विन्ध्यवासिनी, हिमालयन, बलेफी, ग्रीन भेन्चर र दोर्दी हुन्।

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टको २५ लाख कित्ता आइपिओ निष्कासन गर्न सानिमा क्यापिटल बिक्री प्रवन्धक नियुक्त भएको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले २५ करोड रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

हिमालयन हाइड्रोपावरले २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासनका लागि ग्लोबल आइएमइ क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले २२ करोड ५० लाख रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

बलेफी हाइड्रोपावरले ३६ लाख ५५ हजार ९४० कित्ता आइपिओ निष्कासनका लागि ग्लोबल आइएमइ क्यापिटललाई बिक्री प्रवन्धक तोकेको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले ३६ करोड ५५ लाख ९४ हजार रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

ग्रीन भेन्चरले ६२ लाख ५० हजार कित्ता आइपिओ जारी गर्न बोर्डमा आवेदन दिएको छ। यसको बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल हो। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले ६२ करोड ५० लाख रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

दोर्दी खोला जलविद्युतले २९ लाख ५१ हजार ९ सय २९ कित्ता आइपिओ निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले २९ करोड ५१ हजार ९२ हजार ९ सय रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

यिनीहरूलाई भने जवाफ आएर समीक्षाको सूचीमा बोर्डले राखेको छ।

अन्य कम्पनीहरूः

इमर्जिङ नेपालले ५ लाख ५५ हजार ६ सय कित्ता आइपिओ जारी गर्न बिक्री प्रवन्धक एनआइसी एसिया क्यापिटललाई नियुक्त गरेको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले ५ करोड ५५ लाख ६० हजार रूपैयाँ बराबरको सेयर जारी गर्नेछ। बोर्डले प्रारम्भिक समीक्षा अन्तर्गतको सूचीमा राखेको छ।

त्यस्तै डिस मिडिया नेटवर्कले २३ लाख ८५ हजार ९२९ कित्ता आइपिओ जारी गर्न बिक्री प्रवन्धकमा ग्लोबल आइएमइ क्यापिटललाई नियुक्त गरेको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले २३ करोड ८५ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको सेयर जारी गर्नेछ। यसलाई भने बोर्डले समीक्षा गरी टिप्पणी पठाइएको सूचीमा राखेको छ।

Loading...