पाँच दिने अल्टिमेटमसहित नेपाल बारले घोषणा गर्यो चरणबद्ध आन्दोलन

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपाल बारको शुक्रबार बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो ।

बारले प्रधानन्यायाधीश राणासँग अब इजलासबाट कुनै पनि फैसला, निर्णय र आदेश नगर्न माग गरेको छ । बारले यही कात्तिक १४, १५, १६ र १७ गते हातमा कालो पट्टी बाँधेर सर्वोच्च अदालत अगाडि प्रदशन गर्ने निर्णय गरेको छ ।

यस्तै १६ गते धर्ना दिने, देशका ९० वटै बार इकाइसँग छलफल गर्ने, बारका निर्णयहरु सबै इकाइमा परिपत्र गर्ने निर्णय पनि गरिएको छ ।

बारले यति हुँदा पनि प्रधानन्यायाधीशले राजीनामा नदिए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।

Loading...