सर्वोच्चमा कानुन ब्यवसायीको जुलुस, दुईपक्षबीच झडप, पाँच जना पक्राउ

काठमाडौं, २६ कार्तिक । सर्वोच्च अदालत अगाडि सडकमा कानुन व्यवसायीले गरेको जुलुसमा झडप भएको छ । आन्दोलनका पक्षधर कानुनव व्यवसायी र आन्दोलनको विपक्षमा रहेका कानुन व्यवसायीबीच विवाद हुँदा झडप भएको हो।

कानुन व्यवसायीहरु बाहिरी सडक हुँदै सर्वोच्च अदालततर्फ अघि बढेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटतर्फ अगाडि बढेका हुन् । उनीहरुले प्रधानन्यायाधीश राजीनामा दे भन्दै नारा लगाएका थिए ।

दुवै पक्षबीच धकेला धकेल भएपछि झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले पाच जना कानुन ब्यबसायीलाई नियन्त्रणमा लिएको छ ।
यसैगरि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध कानुन व्यवसायीहरुको आन्दोलन थप शसक्त बन्दै गएपछि आज सर्वोच्च अदालत परिसर भित्र र बाहिरको सुरक्षालाइ थप गरि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सर्वोच्च अदालतमा कम्तिमा चार तहको सुरक्षा घेरामा प्रहरी टोली तैनाथ छन् ।

आन्दोलन पक्षीयका कानुन ब्यवसायीले आज प्रधान न्यायाधिस जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने पूर्व घोषित कार्यक्रमलाई असफल बनाउन चार तहको सुरक्षा घेरा बनाइएको छ ।

Loading...