सर्वोच्चको काममा निरन्तरता, सबै खालका मुद्दामा सुनुवाइका लागि तोकियो पेसी

काठमाडौं, २६ कार्तिक। सर्वोच्च अदालतले आफ्नो काम कारवाहीलाई निरन्तरता दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहितका अन्य सबै बिषयका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नु भएको छ । आज आठवटा इजलासमा पेसी तोकिएकामा सातवटा संयुक्त र एउटा एकल इजलास रहेको छ ।

गएको कार्तिक ७ गते प्रधानन्यायाधीश जवराले मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेपछि जवाफको माग गर्दै न्यायाधीश तथा बिपक्षि कानुन ब्यबसायीहरूले सुनुवाइ गर्दै बेञ्च बहिस्कार गर्दै आएका थिए ।

सर्वोच्चमा यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ नभए पनि बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।

Loading...