ईयूले बेलारुसविरुद्ध प्रतिबन्ध थप विस्तार गर्ने

बर्लिन– युरोपेली सङ्घले बेलारुस र त्यहाँ अवैध आप्रवासीहरू ओसारपसारमा संलग्न व्यक्ति र कम्पनीहरूमाथि क्षेत्रगत प्रतिबन्धहरूसहित अन्य प्रतिबन्धहरू विस्तार गर्ने भएको छ ।

कार्यवाहक विदेशमन्त्री हेको मासले बिहीबार जनाएअनुसार ईयूले बेलारुसका राष्ट्रपति अलेक्जेन्डरे लुकाशेन्कोको शासनविरुद्ध प्रतिबन्धहरू थप विस्तार गर्दै कडा बनाउने छ ।

मन्त्री मासले जर्मन संसद्लाई बताएअनुसार सोमबार ब्रसेल्समा परराष्ट्र मन्त्रिपरिषद्मा यसबारे निर्णय लिइने छ । त्यसैगरी तस्करीमा संलग्न व्यक्ति र कम्पनीहरूमाथि पनि प्रतिबन्ध लगाइने छ । अन्य थप विकल्पहरूमाथि पनि छलफल भइरहेको जनाइएको छ ।

Loading...