बाबुराम उल्टो बाटो हिँडेको भन्दै नयाँ शक्तिका प्रवक्ता देवकोटाले पनि दिए राजिनामा

काठमाडाैं, १३ साउन । नयाँ शक्ति नेपालका प्रवक्ता तथा सञ्चार विभाग प्रमुख खिमलाल देवकोटाले पदबाट राजीनामादिएका छन्। स्थानीय तह निर्वाचनमा पार्टीले हार ब्यहोरेकोमा जिम्मेवारी लिँदै उनले पदबाट राजीनामा दिएकाे बताएका छन्। देवकाेटाले साउन १० गते पार्टी संयोजक डा. बाबुराम भट्टराईलाई पदीय जिम्मेवारी त्याग गरेको जानकारी गराएका हुन्। पार्टीले भोगेको पराजयप्रति जिम्मेवारी कोही न कोहीले त […]

प्रचण्डलाई आफ्नो पार्टीमा प्रवेश गर्न विप्लवको सुझाब

काठमाडाैं, १३ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड”लाई अाफ्नाे पार्टीमा प्रवेश गर्न सुझाब दिएका छन् । महासचिव विप्लवले प्रचण्डलार्इ नेकपा (माअाेवादी केन्द्र) विघटन गरी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्न सुझाब दिएका हुन् । माअाेवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्डले अाफ्नाे पार्टीकाे बैठकमा अाफ्नाे पार्टी बन्न नसकेकाे भन्दै विघटन गर्न प्रस्ताव […]

नेपाली राजनीतिक नेताहरुमै मानव तस्करको खतरानाक जालो

काठमाडौं, १३ साउन । खाडी मुलुकमा घरेलु कामदार (हाउसमेड) पठाउन सरकारले लगाएको प्रतिबन्ध खुलाउन ठूला तीन दलका नेता नै लागिपरेको खुलेको छ । प्रतिबन्ध फुकुवा गर्नका लागि तस्करको संगठित गिरोहले नेताहरूलाई प्रयोग गरी आफूलाई दबाब दिइरहेको श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले बताएका छन् । सरकारले पछिल्लोपटक चैत अन्तिम साता घरेलु कामदारका रूपमा कुवेत, कतार, साउदी […]

जगदम्बा फुडसहित राजधानीका ५४ खाद्य उद्योगविरुद्ध मुद्दा

काठमाडौं, १२ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष ०७३-७४ मा उपत्यकाका ५४ खाद्य उद्योगलाई कारबाही गर्न मुद्दा दायर गरेको छ । विभागले अनुगमनबाट प्राप्त कैफियतका आधारमा उद्योग रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो । अनुगमन संख्या बढ्दै गर्दा व्यवसायीको कैफियत पनि धेरै देखिने गरेको विभागका सहायक प्रवक्ता […]

भूमी, राजनीति र माओवादी

आज कम्युनिष्टहरुलाई भूमी, किसान र कृषिसमस्या न बहसका विषय बनेका छन् न आन्दोलनका । आक्रोश असन्तोष जताततै छ तर आन्दोलन बन्न सकिरहेको छैन । भूतपूर्व क्रान्तिकारीहरु थाकेका वा बजारको बोझले किचिएका छन् । कतिपय राजनीतिक पार्टीका किसान सङ्गठनहरु आइएनजीओका भातृ सङ्गठनमा फेरिएका छन् भने राजनीतिक पार्टीलाई कृषि मन्त्रालय रोजाईमा चुत्थो विषय बनेको छ । त्यहाँ […]

रअको डिजाइनमा बाबुरामलाई भित्राउँने तयारीमा प्रचण्ड

काठमाडौं । यतिबेला नेकपा माओवादीले यसअघिका निर्णयहरुबाट युटर्न गर्दै नयाँ मागहरु उठाएको छ । साथै संसदीय राजनीतिलाई स्वीकार गर्ने विवादास्पद निर्णय समेत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरी नयाँ एजेण्डाको लागि संघर्ष समेत गर्न तयार रहेको घोषणा गरेका छन् । अध्यक्ष प्रचण्डले यसरी मागै नै राखेर आन्दोलनमा […]

कुलेखानी–हुमाने सडकमा करोडौ भ्रष्टाचार

हेटौडा । गरिब नेपाली जनताले सडक पूर्वाधार विकासको उपभोग गर्न पाउन् भनेर विश्व बैंकको अनुदान सहयोगमा स्तरोन्नती गरिएको कुलेखानी–हुमानेभन्ज्याङ सडकमा अनियमितता र भ्रष्टाचार भएको फेला परेकोछ । सडक पिच गरी तयार गरेको हप्ता दिनभित्रैमा सडकमा सयौं खाल्डा पर्ने, पहिरो जाने हुनथालेपछि सडकमा अनियमितता र भ्रष्टाचारको रहस्य खुलेको हो । डिभिजन सडक कार्यालय मकवानपुरका एक इन्जिनियरले […]

विकास वजेटमा भ्रष्टाचार गर्नेहरुमाथि कारवाही गर्ने नेकपाको निर्णय

सल्यान, ११ साउन । नेपाल कम्युनिष्ट पार्टीले सल्यानमा जनताको विकास निर्माणमा आएका योजनाहरुमा भ्रष्टाचार गर्नेलाई कार्वाही गर्ने घोषणा गरेको छ । पश्चिमी क्षेत्रमा रहेको तत्कालिन स्वीकोट गाविसमा मंगलबार भएको पार्टीको भेलाले आर्थिक अनियमितता गर्ने, थोरै तथा गुणस्तरहिन काम गरि किर्ते कागज बनाई भ्रष्टाचार भएको भन्दै कारवाही गर्ने निर्णय गरेको हो । भेलाले जन भेटघाट भेला […]

नेपालमा अहिलेसम्मकै ठूलो साइबर हमला । ५८ वटा सरकारी वेवसाइटमाथि खतरानाक अाक्रमण

काठमाडाैं, ९ साउन । साइवर ह्याकरहरुकाे एक समूहले नेपालमा अहिलेसम्मकै ठूलाे अाक्रमण गरेकाे छ । साे समूहले नेपाल सरकारकै वेवसाइटहरुलार्इ अाक्रमणकाे निशाना बनाएकाे छ । अाफूलार्इ प्याडक्स साइबर घोस्ट नामक परिचय दिएकाे हमलाकारीले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक साइबर हमला गरेको दाबी गरेका छन् । साे समूहले नेपाल सरकार रक्षा मन्त्रालयदेखि कानुन मन्त्रालयसम्मका […]

नेपाल सरकार रक्षा मन्त्रालयकाे वेवसाइट खतरानाक ह्याकरले गरे ह्याक

काठमाडौं, ९ साउन । नेपाल सरकार रक्षा मन्त्रालयकाे वेवसाइट ह्याक भएकाे छ । नेपाल सरकारकाे महत्वपूर्ण मन्त्रालयकै वेवसाइट ह्याक भएपछि नेपालमा वेव सेक्युरिटीकाे समस्या झन बढेकाे छ । रक्षा मन्त्रालयको http://mod.gov.np/ वेभसाइट ह्याकरले ह्याक गरेका हुन् । उक्त वेवसाइट खोल्दा नियमित वेभसाइटको साटो ह्याकरको सन्देश र गीत सुन्न सकिन्छ । ह्याकरले रक्षा मन्त्रालयकाे वेवसाइट ह्याक […]