बाबुराम उल्टो बाटो हिँडेको भन्दै नयाँ शक्तिका प्रवक्ता देवकोटाले पनि दिए राजिनामा

काठमाडाैं, १३ साउन । नयाँ शक्ति नेपालका प्रवक्ता तथा सञ्चार विभाग प्रमुख खिमलाल देवकोटाले पदबाट राजीनामादिएका छन्। स्थानीय तह निर्वाचनमा पार्टीले हार ब्यहोरेकोमा जिम्मेवारी लिँदै उनले पदबाट राजीनामा दिएकाे बताएका छन्।

देवकाेटाले साउन १० गते पार्टी संयोजक डा. बाबुराम भट्टराईलाई पदीय जिम्मेवारी त्याग गरेको जानकारी गराएका हुन्। पार्टीले भोगेको पराजयप्रति जिम्मेवारी कोही न कोहीले त लिनुपर्ने भन्दै आफूले राजीनामा दिएको देवकोटाले स्पष्ट गरेका छन । पार्टी संयाेजक भट्टरार्इलार्इ अाफ्नाे ६ बुँदे पत्रसहितकाे ज्ञापनपत्र बुझाएका देवकाेटाले उक्त पत्रको चौथो बुँदामा अरु कसैले निर्वाचनमा पराजय भएकाे यथार्थताकाे नैतिक जिम्मेवारी नलिएकाे बताएका छन् । देवकाेटाकाे पत्रमा घुमाउराे पाराले बाबुराम भट्टरार्इप्रतिकाे असन्तुष्टि झल्किन्छ । 

‘२०७० सालको निर्वाचनमा आफु संलग्न रहेको पार्टी पहिलोवाट तेश्रोमा झर्दा नैतिकका आधारमा अध्यक्षले राजीनामादिनुपर्छ भनियो निकै जोड गरियो नयाँ शक्तिको खाँचो यसकारण पनि छ भनेर त्यसैलाई पनि कारण बनाइयो’ उनले लेखेका छन् ‘तर आज आफूलाई पर्दा ती प्रसंगवश पनि देखा परेनन्। त्यसैले कहिँ न कहिँ समस्या छ। यस्तो लागेर कसै न कसैले जिम्मा लिन पर्छ भन्ने महसुस भइ मैले नैतिक जिम्मेवारी लिदै पार्टी प्रवक्ता, सञ्चार विभाग प्रमुख र कार्यकारी समितिको पद परित्याग गर्ने निश्कर्षमा पुगेको व्यहोरा यस अघि अनौपचारिक छलफलमा व्यक्त गरेकै थिए। सोही कुरालाई अहिले औपचारिक रुपमा यो जिम्मेवारी परित्यागको पत्र प्रेषित गरेको छु।’

नेकपा माओवादी केन्द्रबाट अलग भएर नयाँ शक्ति पार्टी नेपालमा सहभागी भएका देवकोटाले पार्टी गठन भएदेखि नै उल्टो बाटोमा हिँडेको बताए। ‘रंगशालाको लाखौको जमातबाट कमलादीमा केही हजार लिएर पुग्यो। त्यहाँबाट पनि बबरमहलमा केही सय मान्छे लिएर आयौं। बबररमहलबाट पनि तिन सहसंयोजक लिएर संयोजकज्यू पार्टी कार्यकक्षमा प्रवेश गर्नुभो’ देवकोटाले लेखेका छन् ‘त्यस पछिको लगभग असी प्रतिशत समय परिषद सदस्य थप्ने कार्यसमिति सदस्य थप्ने र वढुवा गर्ने ध्यानमा नै प्राय वैठकहरु सकिन थाले। पटक पटक मैले असहमति राख्दै आए तर सुनुवाई भएन। पार्टीको वैकल्पिक राजनीतिको हेक्कासम्म पनि हुन छाडयो।’

देवकोटाले पदीय जिम्मेवारी त्यागे पनि वैकल्पिक राजनीतिको अभियानमा आफू अग्रपंक्तिमा रहेर योगदान गर्ने बताएका छन्।

Loading...