मेसी र सुआरेजलाई पछि पार्दै नेयमार विश्वको सबैभन्दा मूल्यवान खेलाडी घोषित

काठमाडौं । बार्सिलोनाका फरवार्ड नेयमार विश्वको सबैभन्दा मूल्यवान खेलाडी घोषित भएका छन् । सिईआईएस फुटबल अबर्जभेटरीले गरेको अध्ययनले २५ वर्षीय ब्राजिलियन खेलाडी विश्वकै मूल्यवान खेलाडी रहेको देखाएको हो । अध्ययनले नेयमारको वास्तविक मूल्य १८.५ करोड पाउण्ड रहेको बताएको छ ।

खेलाडीको मूल्य तय गर्दा अबर्जभेटरीले प्रदर्शन, खेल्ने क्लब, अन्तर्राष्ट्रिय स्थिति, करार, उमेर, खेल्ने स्थान र बजारमा बिक्न सक्ने क्षमता आदि मानकहरुलाई आधार मानेको थियो ।

अबर्जभेटरीले युरोपका टप ५ लिगबाट रुचाइएका ११० खेलाडीको सूची प्रकाशित गरेको छ । जसमा इंग्ल्याण्ड र टोटनहमका खेलाडी डेले अली १३.७ करोड मूल्य सहित दोस्रो स्थानमा रहेका छन् ।

तेस्रो स्थानमा इंग्ल्याण्ड तथा टोटनहमका फरवार्ड ह्यारी केन रहेका छन् । उनको मूल्य १३.५ करोड रहेको बताइएको छ । चौँथो र छैटौँ स्थानमा बार्सिलोनाका लियोनेल मेस्सी र लुइस सुवारेज रहेका छन् ।

पाँचौ स्थानमा १३।२ करोड पाउण्डसहित करोड मूल्यसहित एथ्लेटिको म्याड्रिडका एन्टोनियो ग्रिजमान रहेका छन् । किर्तिमानी रकममा म्यान्चेस्टर युनाइटेड भित्रिएका पाउल पोग्बा ११.९ करोड पाउण्डसहित सातौँ रहेका छन् ।

गोन्जालो हिग्वाइन, एडिन हजार्ड र पाउलो डिबाला क्रमशः सातौँ, आठौँ र दशौँस्थानमा रहेका छन् । क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० मा अटाउन सकेनन् । उनी ११ औँ स्थानमा सिमित भए । उनको मूल्य ९.९ करोड पाउण्ड अनुमान गरिएको छ ।

Loading...