गौर राइस मिलको जग्गा बिक्री विवादले सदनदेखि सडकसम्म तरंग

  सञ्जय मिश्रा/ रौतहट – गौर राइस मिलको जग्गा बिक्री गर्ने गौर नगरपालिका बोर्डको निर्णयले अहिले सडकदेखि सदन तताएको छ।  बुधबार सदनको शून्य समयमा आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले रौतहटको सदरमुकाम गौरस्थित राइस मिलको जग्गा गौरवको रुपमा रहेको बताए।  उनले गौर राइसमिल केही भू-माफियाको चलखेलमा बेच्ने खेल भइरहेको भन्दै त्यसप्रति सरकारको ध्यानाकार्षण […]

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा काप्री

सानोठिमी । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक पदमा सहसचिव कृष्णप्रसाद काप्री नियुक्त भएका छन् । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले काप्रीलाई महानिर्देशक पदमा नियुक्त गरेकी हुन् । गोरखा स्थायी घर भएका काप्री मध्यपुर थिमी-३ निवासी हुन् । २०५३ सालमा विद्यालय निरीक्षक बाट शिक्षा सेवामा प्रवेश गरेका काप्री सहसचिव भएको पनि […]

प्रतिनिधि सभा सदस्य बस्नेत द्वयलाई पितृशोक

नेपाल सरकारका पूर्व मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव रहेका प्रतिनिधि सभा सदस्य शक्तिबहादुर बस्नेत र प्रतिनिधि सभा सदस्य ज्ञानु बस्नेतलाई पितृशोक परेको छ । उनीहरुका बुवा डन्डबिर बस्नेतको आइतबार निधन भएको हो । मुटुलगायत समस्याबाट ग्रसित भएपछि उनलाई ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । भेरी-१ जाजरकोट स्थायी घर भएका उनी लामो समयदेखि अस्वस्थ […]

पुराना पार्टीले संक्रमण सारेका प्रचण्ड गुनासो

धनुषा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना दलको सहकार्यले उनीहरुभित्रको रोग माओवादीमा पनि सरेको गुनासो गरेका छन् । माओवादीलाई संक्रमण भएको र त्यसको उपचार खोज्न जनताको बीचमा आएको उनको भनाइ छ । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका […]

भक्तपुरमा पैदलयात्रुलाई मोटरसाइकलले ठक्कर दिँदा एकको निधन, तीन घाइते

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट फेरिपनि एक पैदलयात्रीको ज्यान गएको छ । ज्यान गुमाउने भक्तपुर नगरपालिका-७ गोलमढीकी ७० वर्षीया तुलसीमाया तुसीबाग रहेकी छन् । अरनिको राजमार्गमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.४१ प ३३४ नम्बरको मोटरसाइकलले जगाती पुलमा उनीसहित ४ जनालाई ठक्कर दिएको थियो । साँझ दुर्घटनामा गम्भीर घाइते उनको सूर्यविनायक नगर अस्पतालमा उपचारको क्रममा गएराति ज्यान गएको […]

सर्लाहीमा कारको ठक्करबाट गयो हरिणको ज्यान

सर्लाही । सर्लाहीस्थित पूर्वपश्चिम राजमार्गमा कारले ठक्कर दिँदा हरिणको ज्यान गएको छ । लालबन्दी नगरपालिकामा पर्ने नवलपुर-लालबन्दीबीचको जङ्गल खण्डमा कारको ठक्करबाट हरिणको ज्यान गएको हो । स्थानीय प्रत्यक्षदर्शीले बताए अनुसार आइतबार बिहान करिब १० बजे नवलपुरबाट लालबन्दी तर्फ जादै गरेको कारले सडक पार गर्न लागेको हरिणलाई ठक्कर दिन पुगेको थियो । मुखबाट अत्यधिक रक्तस्राव भई […]

नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन भक्तपुरमा सुरु

  भक्तपुर ।  नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन आजबाट भक्तपुरमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन गर्दै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देश र जनताको सेवा नै पार्टीको मुख्य उद्देश्य रहेको बताएका छन्। उनले विगतका सरकारहरू असफल भएको आरोप लगाउँदै अहिलेसम्मका प्रधानमन्त्री तथा अर्थमन्त्रीहरूलाई जनताले टुँडिखेलमा कारबाही गर्नुपर्ने भनाइ राखे।   महाधिवेशन […]

पाथीभरा एकेडेमीको १३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

भक्तपुर । सूर्यविनायक नगरपालिकास्थित पाथीभरा एकेडेमीको १३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुर्यबिनायक नगरपालिकाकी उप-प्रमुख सरिता तिमिसिना भट्टराई प्रमुख अतिथि रहेकी थिइन् । विशेष अतिथिका रूपमा नगरपालिकाका शिक्षा प्रमुख रत्न कटुवालको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालय सञ्चालक समिति सदस्यहरू बुद्धि बहादुर थापा, रामचन्द्र […]

बोदेमा धर्मचक्र गुम्बाको शिलान्यास

भक्तपुरको मध्यलुर थिमि-८ बोदे क्षेत्रमा रहेको धर्मचक्र गुम्वाको जग पूजा गरिएको छ । मेयर सुरेन्द्र श्रेष्ठले गुम्बा निर्माणको शिलान्यास गरेका छन् ।  गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष गणेशमान चक्रधरले करिब ७० लाखकाे लागतमा निर्माण कार्य सम्पन्न हुने जानकारी गराए । त्यसका लागि स्थानीय सुकुदेव साहुखलको अध्यक्षतामा उपभोक्ता समितिले काम गर्ने उनले बताए । दुई वर्ष भित्रका […]

नेताहरूलाई पछि पार्दै अखिल(क्रान्तिकारी) को उपत्यका समिति बन्यो फुटसल प्रतियोगिताको बिजेता

भक्तपुर । वाइसीएल नेपालले शहीद सप्ताहको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा अखिल(क्रान्तिकारी) उपत्यका बिशेष प्रदेश समिति बिजेता बनेको छ । वाइसीएलको बागमती प्रदेश समितिको आयोजनामा बुधबार सम्पन्न सो प्रतियोगितामा अखिल(क्रान्तिकारी) बिजेता बनेको हो । भक्तपुरको मध्यपुर थिमि-२ स्थित रोयल नेपाल फुटसल क्लबमा सम्पन्न प्रतियोगितामा नेता सुरज श्रेष्ठको कप्तानीमा उत्रिएको अखिल (क्रान्तिकारी) को उपत्यका बिशेष […]