लिस्बन, १२ साउन । पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न पनि सक्छिन् […]
शिक्षा
अधिकारी मन्त्रालय तानिए, नयाँ परीक्षा नियन्त्रकमा खकुरेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा(कक्षा१०) को परीक्षा नियन्त्रक परिवर्तन गरेको छ । यस अघि नियन्त्रक रहेका सहसचिव विष्णुप्रसाद अधिकारीलाई मन्त्रालयमा तानेर उनको स्थानमा उपसचिव रामराज खकुलेललाई नियन्त्रकको जिम्मेवारी दिइएको हो । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक उपसचिव रहेकामा कक्षा १० को एसइइ परीक्षा सञ्चालन गर्ने […]
शिक्षक लाईसेन्स; माध्यामिक तह द्वितीय पत्र ‘पेसागत ज्ञान’ सम्बन्धी प्रश्न संगालो
काठमाडौँ, १२ साउन, । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत विषयगत नमुना पश्नहरुको संगालो ल्याउने गरेका छौँ । शिक्षक सेवा आयोगद्वारा संसोधन तथा परिमार्जन गरिएको शिक्षकको अध्यापन अनुमतिपत्र परिक्षाको नयाँ ढाँचा अनुसार पहिलो पत्र खण्ड क विषयगत ज्ञान वस्तुगत बहुबैकल्पिकमा ४० अङ्क र खण्ड ख शिक्षण सहजीकरण प्रक्रिया अन्तर्गत […]
एसईई ग्रेड वृद्धि परीक्षा दिन पाउने निर्णय विवादमा
काठमाडौँ, १२ साउन । विद्यार्थीले एसईई परीक्षामा ‘सी वा सी’ भन्दा कम ग्रेड प्राप्त सबै विषयमा ग्रेड बढाउन परीक्षा दिन पाउने निर्णय विवादमा परेको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी भदौ १ देखि परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेका बेला विवाद बढेको शिक्षा मन्त्रालयले जनाएको छ । सबै विषयमा ग्रेड वृद्धि गर्न दिने प्रावधानप्रति असन्तुष्टि शिक्षाविद् […]
स्थायी शिक्षकलाई स्वेच्छिक अवकासको ‘अफर’
भक्तपुर, १२ सावन। फ्रेस शिक्षकलाई कक्षा कोठामा भित्र्याएर सार्वजनिक शिक्षा सुधार गर्ने उद्धेश्य सहित चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्र भित्र कार्यरत स्थायी शिक्षकलाई स्वेच्छिक अवकासको ‘अफर’ ल्याएको छ । २५ बर्षे सेवा अवधि पुरा गरेका र ५० बर्ष उमेर पुगेका शिक्षकहरुले स्वेच्छिक अवकास रोजेमा नगरपालिकाले एक लाख रुपैंया थप उपदान रकम उपलब्ध गराउने निर्णय गरेको हो […]
बालमैत्री अभियानमा क्रियाशील बन्दै विद्यालयका बालबालिका
बाँके, १२ साउन । बालमैत्री गाउँपालिका निर्माणमा खजुरामा तदारुकता देखाइएको छ । बालमैत्री अभियानमा अग्रसर गाउँपालिकाले नीति तथा कार्यक्रमका साथै बजेट विनियोजन गर्दै अभियानलाई अघि बढाइरहेको छ । खजुरा गाउँपालिकाले लिएको बालमैत्री अभियानलाई साथ र सहयोग भने गाउँपालिकामा रहेका बाल क्लब तथा किशोरी क्लबहरुले साथ दिइरहेका छन् । उनीहरु यतिमात्र नभई बाल क्लब, किशोरी क्लब […]
११ कक्षामै कानूनको पढाई
काठमाडौँ, ११ साउन । संविधानले स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहलाई न्यायिक निकायका रुपमासमेत परिभाषित गरेको छ । स्थानीय तहको न्याय निरुपण गर्ने जिम्मेवारी संविधानले उपप्रमुख तथा उपाध्यक्षलाई तोकेको छ । संविधानको धारा २१७ ले हरेक स्थानीय तहमा एक न्यायिक समिति रहने व्यवस्था गरेको छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला जग्गा–जमिन, अंशबण्डा विवाद […]
आँखा परीक्षणबाट ५५१ विद्यार्थी लाभान्वित
कास्की, ११ साउन । रोटरी क्लब अफ न्युरोड पोखराले पोखरा महानगरपालिका–५ स्थित समता स्कूलका विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ । पहिलो दिन कक्षा ५ सम्मका ५५१ विद्यार्थीको आँखाको परीक्षण गरिएको क्लबका अध्यक्ष दिनेशचन्द्र बाँस्तोलाले जानकारी दिए । मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो । बाँकी […]
शिक्षा तथा मानव श्रोत विकास केन्द्रका इन्जिनियर देव अख्तियारको फन्दामा
काठमाडौं, १० साउन । काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समातेका शिक्षा विकाश तथा समन्वय इकाइ काभ्रेका सव इन्जिनियर धनविर भगत र भोजपुर इकाइका तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरीले पोलेपछि सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकाश केन्द्रमा कार्यरत इन्जिनियर दिपेन्द्र कुमार देवसमेत अख्तियारको फन्दामा परेका छन् । उनको अनियमितताको विषयमा ननस्टपखबरले पटक पटक समाचार प्रकाशित […]
महिनावारीका बेला विद्यालय जान नसक्ने बाध्यता
नेपालगञ्ज, १० साउन । नेपालगञ्जका अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महिनावारीको समयमा विद्यालय आउँदैनन् । विद्यालयमा महिलामैत्री शौचालय नहुनु र भएका शौचालयमा पनि प्याड फेर्न तथा सरसफाइका लागि पानीको अभाव हुने गरेका कारण छात्रा चाहेर पनि विद्यालय जान नसकेका हुन् । विद्यालय आउन नसक्ने बाध्यताका कारण उनीहरुको अध्ययन प्रभावित हुने गर्छ भने मानसिक पीडाले […]











