हेलिकोप्टर दुर्घटना, दुई अमेरिकी सैनिकको मृत्यु

अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ । हेलिकोप्टर दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ । यद्यपी प्रारम्भिक अनुसन्धानबाट शत्रुले आक्रमण गरेको कुनै संकेत देखा नपरेको समाचारमा जनाइएको छ । अमेरिकी रक्षा मन्त्रालयको नितीअनुसार यस समाचारको विस्तृत विवरणलगायत मारिएका व्यक्तिहरुको परिचय भने खुल्लाइएको […]

वैदेशिक रोजगारमा जानेहरू परामर्श लिदैनन्

बर्दिया,४ मंसिर । मधुवन नगरपालिकाकी सपना परियारले राहदानी बनाउने सिफारिस लिन स्थानीय प्रशासनमा निवेदन दिइन् । उनी जापान जाने तयारीमा रहेकाले निकै हतारमा रहेको सुनाइन् । ‘एक सातामा राहदानीलगायतका सबै काम नसके विदेश जान पाइँदैंन,’ उनले भनिन्, ‘राहदानी बनाउनैका लागी प्लेनमा काठमाडौं जाने तयारीमा छु ।’ उनको हतारो देखेर जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले सम्झाउन […]

अमेरिकामा अध्ययनगर्ने नेपाली विद्यार्थीहरु १३ हजार भन्दा धेरै

काठमाडौँ ४ मंसिर । अमेरिकामा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्याको आधारमा नेपाल १२ औं स्थानमा छ । अमेरिकामा १३ हजार २ सय २९ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको तथ्य सार्वजनिक भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयको सहयोगमा इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसनले सार्वजनिक गरेको प्रतिवेदनमा अमेरिकामा शैक्षिक वर्ष २०१८–२०१९ मा अध्ययनरत नेपाली विद्यार्थीको विवरण समावेश […]

अयोध्यामा सुरु भयो अर्को नयाँ विवाद

काठमाडौँ ३ मंसिर । भारतमा सर्वोच्च अदालतले अयोध्यामा मन्दिर र मस्जिदको विवाद टुंग्याउँदै उक्त भूमि मन्दिरका लागि भन्दै फैसला गरिदियो । अदालतले रामललाका लागि जमिन सुम्पिए पनि फेरि नयाँ विवाद उत्पन्न भएको छ । अदालतले मन्दिर बनाउन सरकारबाट तीन महिनाभित्र एक ट्रस्ट बनाउनुपर्ने आदेश दिएको थियो । तर मन्दिर निर्माण अभियानका साधु–सन्तका विभिन्न संगठनबचि विवाद […]

कालापानी भारतको हो, भारतमै रहन्छ: उत्तराखण्डका मुख्यमन्त्री

काठमाडौं, ३ मंसिर नेपाली भूमि कालापानीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि दिएको कडा अभिव्यक्तिलाई लिएर भारतीय नेताहरुले मुख खोल्न थालेका छन् । मंसिर १ मा काठमाडौंमा भएको राष्ट्रिय युवा संघको भेलामा प्रम ओलीले दिएको कडा अभिव्यक्तिपछि भारतीय सञ्चारमाध्यम तरंगित भइरहेका बेला नेपालसँग सिमाना जोडिएको उत्तराखण्डका मुख्यमन्त्रीले मुख खोलेका हुन् । भारतले लामो समयदेखि अतिक्रमण […]

जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने

काठमाडौँ, ३ मंसिर । नेपालबाट विशिष्टीकृत शीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ ।जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग गरेको भेटमा त्यस्तो प्रस्ताव गरेको हो । जापानी पक्षले कृषि क्षेत्रमा पनि कामदारको आवश्यकता […]

शरद अरबिन्द बोब्डे भारतको प्रधान न्यायाधीशमा नियुक्त

नयाँदिल्ली, २ मङ्सिर । भारतको ४७औं प्रधान न्यायाधीश पदमा न्यायाधीश शरद अरबिन्द बोब्डे नियुक्त भएका छन । भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा न्यायाधीश बोब्डेलाई प्रधान न्यायाधीशको पद तथा गोपनीयताको शपथ गराए । प्रधान न्यायाधीश रन्जन गोगोईको कार्यकाल समाप्त भएका कारण न्यायाधीश बोब्डे प्रधान न्यायाधीश भएका हुन । गोगोई करिब […]

अमेरिकाको क्यालिफोर्नियामा गोली लागेर चारको मृत्यु

लस एन्जलस, २ मङ्सिर । अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो घटनामा गोली लागेर अरु ६ जना घाइते भएको प्रहरीले जनाएको छ । पारिवारिक सदस्यहरु जम्मा भएको ठाउँमा एक व्यक्तिले आइतबार गोली प्रहार गरेको स्थानीय प्रहरी अधिकारीहरुले बताएका छन् । स्थानीय […]

टिकटकका प्रयोगकर्ता १ अर्ब ५० करोड

क्यालिफोर्निया, २ मङ्सिर । पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ । सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र गुगलको प्लेस्टोरबाट टिकटक एप डाउनलोड गर्न सकिन्छ । टिकटकले यस वर्ष “नन–गेमिङ” वर्गमा सर्वाधिक डाउनलोडतर्फ तेस्रो स्थान हासिल गरेको छ । ह्वाट्सएप सर्वाधिक डाउनलोडको […]

भारतमा भएको सवारी दुर्घटनामा ११ को मृत्यु, २० घाइते

नयाँ दिल्ली, २ मङ्सिर । भारतको राजस्थान राज्यमा सोमबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।  दुर्घटनाका कारण अरु २० जना घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन् । यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार विहानको […]