डोनल्ड ट्रम्पको आक्रोशपूर्ण पत्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्धको महाभियोग अमेरिकी प्रजातन्त्रमाथी युद्ध र डेमोक्र्याटहरुको कु भएको टिप्पनी गरेका छन् । उनले डेमोक्र्याटहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको आरोप लगाएका छन् ।

ट्रम्पले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीलाई आक्रोपूर्ण पत्र लेखेका छन् । ६ पृष्ठ लामो आक्रोशपूर्ण पत्रमा आफूलाई गरिएको व्यवहार १७औँ शताब्दीमा जादुटुनालाई गरेजस्तो भएको बताएका छन् । पेलोसीलाई लेखिएको पत्रमा उनले अमेरिकी प्रजातन्त्रमाथि खुल्ला युद्धूको घोषणा गरेको बताएका छन् ।

बुधवार हुने मतदानमा परिणाम केही फरक होलाकि भन्ने झिनो आशामा ट्रम्पले महाभियोग प्रक्रियाबारे सदनकी सभामुख पेलोसीलाई ६ पृष्ठ लामो रोषपूर्ण पत्र लेखेका हुन्।

Loading...