स्थगित कांग्रेस केन्द्रीय समितिको बैठकआजदेखि पुन शुरु, पौडेल समुहलाई पेलेरै मिति तोक्ने तयारी

काठमाडौं २ पुस। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल समुहलाई पेलेरै जाने तयारी गरेको छ । महाधिबेशनको कार्यतालिका बैठकको एजेण्डा बनाउँदा पनि पौडेल पक्ष केन्द्रीय समितिमा नआएपछि धमाधम बहुमतका आधारमा निर्णय लिने तयारी गरिएको छ ।

स्थगित कांग्रेस केन्द्रीय समितिको बैठक आजदेखि पुन शुरु हुँदैछ । पौडेल पक्षलाई ल्याउन दुई दिन बैठक स्थगित गरेको थियो । उनीहरुले राखेको महाधिबेशनको कार्यतालिका पनि आजको बैठकको एजेण्डा हुनेछ । तर पौडेल समुहले भात्रृसंगठनमा भागबन्डा खोजेर अर्को बखेडा झिकेको छ । वरिष्ठ नेता पौडेल समूहले निरन्तर बैठक बहिस्कार गरेपछि देउवा कार्यतालिका सार्वजनिक गरेर जाने रणनीतिमा छन् । २०७७ साल फागुन १५ गते महाधिबेशनको मिति तोक्ने तयारी थालिएको छ ।

पौडेल पक्षलाई मनाउन देउवा समुह दुई दिनदेखि निरन्तर छलफलमा छ । तरपनि सहमति जुट्न सकेको छैन । पौडेल समुहको तरण दलले छुट्टै भेला गरेको छ भने नेपाल बिद्यार्थी संघले पनि सभापतिसहित ४६ प्रतिशत भाग खोज्दै बखेडा झिकेको छ । तर सभापति देउवा भात्रृ संगठनमा भागबन्डा गर्ने पक्षमा छैनन् र केन्द्रीय समितिको बैठक स्थगित गर्ने पक्षमा पनि छैनन् ‘अब फेरि बैठक स्थगित गर्ने कुरा हुँदैन, समस्यालाई निकास दिनुपर्छ’ देउवा पक्षका एक नेताले भने । बैठक बस्नुअघि बुधबार पौडेल समूहका नेताहरुसँग फेरि वार्ता गर्ने र सहमतिको प्रयास देउवाले थाल्ने भएका छन् ।

उता पौडेल पक्षसँग देउवाबिरुद्ध केन्द्रीय समितिको बैठक बहिष्कार गरेको कृष्णप्रसाद सिटौला समुहले आफ्नो रणनीति बदलेको छ । सिटौला समुह केन्द्रीय समितिको बैठकमा आज सहभागी हुने देउवा निकट एक केन्द्रीय सदस्यले बताए । पौडेल समूह सहभागी नभएपनि आफूहरु बैठकमा सहभागी हुने जनाउ सिटौलाले गरिसकेका छन् । मंगलबार दिनभर दुवै पक्षका नेताबीच सहमति गराउन सिटौला दौडधुप गरेका थिए । तर परिणाम भने निकाल्न सकेनन् ।

Loading...