भारतसँग परमाणु युद्ध गर्ने पाकिस्तानको चेतावनी

इश्लामावाद – पकिस्तानका प्रधानमन्त्री इमरान खानले एक पटक फेरी भारतलाई परमाणु युद्धको धम्की दिएका छन् । जेनेभामा ग्लोबल रिफ्यूजी फोरममा पाकिस्तानी प्रधानमन्त्रीले भने,‘नागरिकता संशोधन कानूनका कारण दक्षिण एसियामा केबल सरणार्थी संकट खडा हुने मात्रै होइनकि यसैका कारण परमाणु सम्पन्न देशकाबीच संघर्ष पनि सुरु हुन सक्छ ।’

इमरानको यो भनाईपछि भारतका तर्फबाट तत्काल प्रतिक्रिया दिँदै विदेश मन्त्रालयले भनेको छ,‘पाकिस्तानका प्रधानमन्त्रीले एक पटक फेरी भारतको आन्तरिक मामिलामा निराधार बयान दिएर आफ्नो संकीर्ण राजनीतिक एजेन्डालाई बढाउनका लागि बहुपक्षिय मञ्चमा झुठको सहारा लिएका छन् ।’

इमरान खानले भनेका छन्,‘कश्मीरमा कफ्र्यू र भारतमा नयाँ नागरिकता कानुनका कारण लाखौँ मुसलमान भारतबाट पलायन हुन सक्छन् । यसले विश्वभरीमा शरणार्थी संकट बढ्छ र यसको अगाडि अन्य सबै संकट कम हुन सक्छ ।’ यसको प्रति उत्तरमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले यो उनीहरुको बानी भएको र विश्वव्यापी मञ्चको दुरुपयोग भएको बताए ।

कुमारले भने,‘पाकिस्तानले विगत ७२ वर्षदेखि लगातर सबै अल्पसंख्यकको उत्पीडन गर्दै आएको छ र यो मध्ये अधिकांश मानिस भागरे भारत आउन बाध्य भएका छन् ।’

Loading...