मुसर्रफको शवलाई ३ दिनसम्म झुन्ड्याउन अदालतको आदेश

पाकिस्तानका पूर्व सैनिक शासक जनरल परवेज मुसर्रफलाई अदालतले कडा मृत्युदण्डको आदेश दिएको कुरा सार्वजनिक भएको छ । अदालतले आफ्नो आदेशमा यादि मृत्युदण्डको फैसला कार्यान्वयन हुनुअघि मुसर्रफको मृत्यु भएमा उनको शवलाई ३ दिनसम्म झुन्ड्याउन भनेको छ । त्यतिमात्र होइन, मृत्युदण्डको फैसला कार्यान्वयन हुनुअघि मुसर्रफको मृत्यु भएमा उनको शवलाई घिसार्दै ल्याउन आदेश गरिएको छ । मंगलबार उनलाई गम्भीर देशद्रोहको आरोपमा मृत्युदण्ड सुनाएको पाकिस्ताको विशेष अदालतले बिहीबार त्यसको पूर्ण पाठ जारी गर्दै सो आदेश दिएको अन्तर्रा्ष्ट्रिय समाचार माध्यामहरुले सार्वजनिक गरेका छन् ।

फैसला कार्यान्वयन हुनुअघि उनको शवलाई इस्लामावादको डी–चोकसम्म घिसार्दै ल्याउनु र ३ दिनसम्म झुण्ड्याउनु’ भनी अदालतले आदेश दिएको जनाएको छ । सो चोक संसद भवनको बाहिरपट्टि रहेको छ । उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको थियो ।सेना प्रमुख रहदा उनले सैनिक कु मार्फत राज्य सत्ता कब्जा गरेका थिए । १९९९ अक्टोबरमा विद्रोह गरेर सत्ता हातमा लिएका मुसर्रफले २००१ जुनमा आफैलाई राष्ट्रपति घोषित गरे । करीब १० वर्ष मुसर्रफले स्वघोषित राष्ट्रपतिको रुपमा सैनिक सरकारको नेतृत्व गरेका थिए ।

अदालतको यो फैसलामा पाकिस्तानको सेनाले बिरोध गरेको छ । मुसर्रफका वकिलले अदालतको आदेश विरुद्ध पुनरावेदनमा जाने जनाएका छन् । ७६ वर्षीय मुशर्रफ उपचारका लागि युएईमा छन् । एजेन्सी

Loading...