नागरिकता संशोधन कानून पारित विरोध प्रदर्शनः इतिहासकार रामचन्द्र गुहा पक्राउ

एजेन्सी, भारतमा नागरिकता संशोधन कानून पारित गरेको विरोधमा प्रदर्शनमा उत्रिएका इतिहासकार रामचन्द्र गुहा पक्राउ परेका छन् । गुहालाई प्रहरीले बेङलुरुबाट नियन्त्रणमा लिएको हो । ६१ वर्षीय गुहा एक टेलिभिजनसँग नागरिकता कानूनबारे बोल्दै गर्दा पक्राउ परेका हुन् ।

भारतका विभिन्न शहरमा केही दिनदेखि नागरिकता संशोधन विद्येयक खारेजीको माग सहित प्रदर्शन भइरहेको छ । भारत सरकारले प्रदर्शन रोक्न केही शहरहरुमा टेलिफोन र इन्टरनेट समेत अवरुद्ध गरिदिएको छ ।

भारत सरकारले अफगानिस्तान, पाकिस्तान र बांग्लादेशका गैरकानूनी गैरमुस्लिम हिन्दु आप्रवासीलाई नागरिकता दिने विद्येयक पारित गरेको छ । सो विद्येयक पारित भएलगत्तै सिंगो भारत विभाजित भएको छ । भारतीय मुसलमान समुदाय र केही राजनीतिक दलहरुले आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

Loading...