नयाँ मालिकहरू झन धुर्त छन् खाँचो छ त नयाँ स्पार्टाकसको, बाबुरामको कटाक्ष-दास र मालिकको सम्बन्ध

काठमाडौं, ३ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र विपक्षी राष्ट्रिय जनता पार्टी राजपा बीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमतिलाई लिएर अहिले विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ । पूर्व प्रधानमन्त्री तथा सत्ता साझेदार समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले दास नेकपा र राजपाबीचको सहमतिलाई मालिकबीचको सम्बन्धसँग तुलना गर्दै कटाक्ष गरेका छन् ।

राष्ट्रियसभाको प्रदेश–२ अन्तर्गतका सिटमा दुई पार्टीबीच साझा उम्मेद्वार उठाउने सहमतिबारे टिप्पणी गर्दै डा भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभ र दृष्टिदोष रहिरहन्छ वा अर्को दास भन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ तबसम्म दासहरूले पूर्ण मुक्ति हुन्न ‘फुटाउ र राज गरको नीतिमा मालिकहरू खप्पिस छन् । अहिलको नयाँ मालिकहरू झन धुर्त छन् । खाँचो छ त नयाँ स्पार्टाकसको सबैलाई चेतना भया ।’

समाजवादी पार्टीका सांसद सरिता गिरीले दुई दलबीचको सहमतितर्फ इंकित गर्दै राजपाले संविधान संशोधनको मुद्दा छोडेको हो रु भन्ने प्रश्न गरेकी छन् । यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले पनि विरोध गरेका छन् । उनले सहमति पत्र नै शेयर गर्दै ट्वीटरमा ‘दक्षिण प्रभु दाहिनाहोस् ।

कालापानी, लिपुलेक अनि लिम्पियाधुराको लड्डु प्रभुलाई चढाइयोस् । प्रभुकै आदेशमा हाम्रो राजनीतिको खेती चलिरहोस् । दक्षिण प्रभुका अनुयायीहरू एक होऔं ।’ प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र राजपा संयोजक राजेन्द्र महतोबीच राष्ट्रियसभामा प्रदेश–२ मा रिक्त चार मध्ये दुई–दुई सिट लिने सहमति भएको छ ।

Loading...