सरकारको ऐतिहासिक सफलता, सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’

सिन्धुली, २६ वैशाख २०८१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक–थ्रु’ भएको छ । १३.३ किलोमिटरको काम सम्पन्न भई बुधबार सुरुङ (छिचोलिएको) ‘ब्रेक थ्रु’ भएको हो । सुरूङ छिचोल्ने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बिस्वास ब्यक्त गरे । आयोजना सम्पन्न […]

बेलायती सहयोगमा निर्मित भक्तपुर अस्पतालको सुविधासम्पन्न भवन उद्घाटन

england embassador to nepal

काठमाडौं उपत्यकाकै दोश्रो जेठो अस्पताल भक्तपुर अस्पतालमा १८ करोडको सुविधासम्पन्न नयाँ भवन निर्माण गरिएको छ । बेलायत सरकारको आर्थिक अनुदानमा नवनिर्मित सो भवनको मंगलवार उद्घाटन समेत गरिएको हो । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र नेपालका लागि बेलायती राजदूत रब फेनले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मूल्याङ्कनमा ९८ […]

भक्तपुरमा जीपले लियो पैदलयात्रुको ज्यान

भक्तपुरमा जीपले ठक्कर दिंदा एक पैदलयात्रुको ज्यान गएको छ । ज्यान गुमाउनेमा गोरखा पालुङ्गटार नगरपालिका वडा नं. २ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ नलिन्चोक बस्ने ३८ वर्षीय कमल बयलकोटी रहेका छन् । बुधवार बिहान करिब ६ बजेको समयमा सूर्यविनायक -९ मिलनचोक स्थित अरनिको राजमार्गमा साँगाबाट जगाती तर्फ आँउदै गरेको ना. ५ […]

जसपामा फुट र यसको असर

काठमाडौँ ।  सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै […]

दुवाकोटको प्लाई कारखानामा आगलागी हुँदा २ घाइते, १ करोड ८० लाखको क्षती

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट मोड स्थित प्लाई कार्पेट कारखानामा आगलागी हुँदा २ जना घाइते भएका छन् भने १ करोड ८० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । सन्तोष मान श्रेष्ठले संचालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा गएराति करिब १२ बजे अचानक आगलागी भएको थियो । ७ वटा दमकलले करिब ४ घण्टा […]

धेरै सहकारी फरार भएको बेला सर्लाहीमा महिला सहकारीको यस्तो सफलता

sahakari sarlahi

प्रेमनाथ पौडेल, सर्लाही । देशका कतिपय सहकारीले ताला झुण्ड्याएर बचतकर्तालाई रुवाइरहेका छन् । सर्लाहीको एक सहकारी संस्थाले भने बचतकर्तालाई ढुक्क मात्र बनाएको छैन, आफ्ना ४० जेष्ठ शेयर सदस्य आमाहरुलाई मिष्ठान भोजनसहित सम्मान गरेर खुशी समेत गराइरहेको छ । आमा प्रति श्रद्धा, भक्ति र प्रेमका साथ छोराछोरीले मनाउने मातातिर्थ औसीको पूर्व सन्ध्या पारेर लालबन्दी-१नवलपुर स्थित नन्देश्वर […]

सोमबार बागमतीमा सार्वजनिक बिदा

बागमती प्रदेशभरी सोमबार सार्वजनिक बिदा दिइने भएको छ । बागमती प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी बैशाख २४ गते सोमबार बिदा दिने घोषणा गरेको हो । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिदाबारे जानकारी समेत गराएको छ । प्रदेश सरकारले नेपाली भाषाका अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा लागू […]

भक्तपुरका पत्रकार खड्कालाई प्रेस स्वतन्त्रता सेनानी सम्मान

बाबुराम दाहाल, भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका संस्थापक अध्यक्ष एवं धरहरा टाइम्स साप्ताहिकका सम्पादक रमेश खड्का ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघले २७ औं महाधिवेशनका अवसरमा उनलाई सम्मान गरेको छ । शुक्रवार राष्ट्रिय सभा गृहमा सम्पन्न महासंघको महाधिवेशनमा प्रमुख अतिथि रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार खड्कालाई […]

भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई मजदुरको ज्यान गएको हो । चाँगुनारायण -४ खनालचोक स्थित सेतोमाइक्रो पार्क नजिकै दिउँसो करिब साढे १ बजे उक्त दुर्घटना भएको थियो । ज्यान गुमाउनेमा सो स्थानमा २ वर्ष देखि टहरा बनाई बस्दै आएका मजदुर २८ वर्षीय सन्देश सुनुवार र उनका […]

भक्तपुरमा गाईको बाच्छो काटेर खाएको आरोपमा काभ्रेका ३ मानिस पक्राउ

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्ने तीनैजना काभ्रे जिल्लाका हुन् । ताथलीस्थित एक इट्टा भट्टामा काम गर्ने उनीहरुको झ्याउलीमा हेर्दा मासु फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई शुक्रवार साँझ नियन्त्रणमा लिएर आइतबार जिल्ला अदालत पेश गरिएको थियो । अदालतले […]