नेताको आर्थिक हैसियत बढ्नु तर, जनताको आर्थिक अवस्था कमजोर हुनु बिडम्बना : सांसद थापा

नेपाली काँग्रेस भक्तपुरका सभापति एवं प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेताहरुको आर्थिक हैसियत बढेको कुरा बताएका छन् । नेताको आर्थिक हैसियत बढ्नु तर, जनताको आर्थिक अवस्था कमजोर हुनु बिडम्बना भएको उनले बताए । शनिवार कटुन्जेमा आयोजित लौहपुरुष गणेशमान सिंहको ११० औं जन्मजयन्ती समारोहमा बोल्दै सांसद थापाले सर्वमान्य नेता गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिपछि राजनीतिक क्रान्ति सकिएको […]

उपत्यकाव्यापी अन्तर पालिका एकायन कराँते प्रतियोगिता शुरू

बुद्धशरण शाही/काठमाडौ । प्रथम उपमेयर कप उपत्यकाव्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता शुरू भएको छ । काठमाडौको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको कभर्ड हलमा प्रतियोगिता शुरु भएको हो । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा नेपाल एकायन कराँते सङ्घले आयोजना गरेको  प्रतियोगिता शनिवार सञ्चार उद्यमी भाष्करराज राजकर्णीकार र रघुवीर भक्त महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उनीहरुले […]

डिभी भर्ने समय सकियो

अमेरिकी डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि आवेदन दिने समय सकिएको छ ।  बुधवार राती आवेदन भर्ने म्याद सकिएको हो । नेपालस्थित अमेरिकी दूतावासले दुई दिन समय थपिएको ७ नोभेम्बरसम्म आवेदन दिन सकिने ब्यवस्था रहेको बताएको थियो । डिभी अनलाइन बाट भर्ने एक प्रकारको चिठ्ठा हो । डिभी परेमा अमेरिकाले भिषा दिएर आफ्नो देश लैजाने […]

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट गयो पैदलयात्रीको ज्यान

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउने महिला भक्तपुर-६ भोलाछें घर भई सूर्यविनायक-५ कटुन्जे बस्ने ६९ वर्षीया बिमला प्रधानाङ्ग हुन् । पैदल हिडिरहेकी बिमलालाई मंगलवार अपराह्न कटुन्जेचोक सल्लाघारीमा मोटरसाइकलले ठक्कर दिएको थियो । सूर्यविनायकबाट सल्लाघारी तर्फ जाँदै गरेको बागमती प्र.०२-०२१ प. ८१२७ नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी […]

भक्तपुरमा सरकारलाई गिज्याइरहेको योजना सुचारु गर्न सांसद थापाको आग्रह

भक्तपुरका प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अलपत्र परेको राष्ट्रिय प्राणी उद्यान निर्माण कार्य सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई भेटी उनले निर्माण कार्य सुचारु गर्न आग्रह गरेका हुन् । सांसद थापाले शिलान्यास भएको लामो समयसम्म पनि निर्माण कार्यले गति लिन नसकेको प्रति मन्त्रीलाई ध्यानाकर्षण गराएका […]

ज्यान मार्ने उद्योगमा दीपक मनाङे दोषी ठहर

गण्डकीमा पटक पटक मन्त्री भएका प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको हो । उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैदको फैसला सुनाएको थियो […]

नेपाल र भारतबीचको सेमिफाइनल सुचारु, नेपालले फर्कायो गोल

दक्षिण एशियाली देशका समूह सम्मिलित साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेल पुनः शुरु भएको छ । १० खेलाडीमा सीमित नेपालले भारतलाई फेरिपनि गोल गरेको छ । सावित्रा भण्डारी साम्बाले उक्त गोल गरेकी हुन्। खेलको दोश्रो हाफको ७१ औं मिनेटमा भारतीय टोलीले गोल गरेको थियो । सो खुशी मनाउन नपाउँदै रेफ्रीले खेल शुरु […]

भरतपुरका विद्यालयहरुले महानगरपालिकासँग गरे नतिजा सुधार्ने लिखित प्रतिवद्धता

चितवन । भरतपुर महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुले आगामी वर्ष कक्षा ८ र एसईईको नतिजा सुधार्ने प्रतिवद्धता जनाएका छन् । विद्यालयहरुले महानगरपालिकासँग आगामी वर्ष नतिजा सुधार्ने लिखित प्रतिवद्धता जनाएका हुन् । पछिल्लो समय सार्वजनिक शिक्षा सुधारका लागि कम्मर कसेर लागेको भरतपुर महानगरले नगरभित्रका सबै सामुदायिक विद्यालयहरुसँग एसईईको नतिजा सुधार गर्ने प्रतिबद्धता लिएको हो । सबै विद्यालयहरुसँग […]

प्रतिशोधले हिरासतमा राखेको रविलाई रिहाइ गर्न माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर हिरासतमा राखेको निष्कर्ष निकाल्दै सरकारसँग अविलम्ब चाँडो रिहाइको लागि माग गर्ने निर्णय गरेको छ।  शनिबार पाार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले राजनीतिक प्रतिशोध त्यागेर सभापति लामिछानेलाई रिहाइको माग गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।  ‘पार्टी सभापति एवं संसदीय दलको […]

यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न भ्रष्टाचार काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गरेका छन् । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सनिबार सम्बोधन उनले सरकारलाई प्रश्न गरेका हुन् । नक्कली भूटानी शरणार्थी बाँसबारी, गिरिबन्धु, बालमन्दिर […]