भक्तपुर । वर्षा ऋतुमा खेतीपाती तथा रोपाइँमा व्यस्तताका कारण सरसफाइको क्षेत्रमा अपेक्षित ध्यान दिन सकिंदैन। त्यसैले विभिन्न प्रकारका शारीरिक समस्या देखिनु स्वाभाविक हुन्छ। परम्परागत सामाजिक जनजीवनमा यस्ता शारीरिक समस्याहरूलाई भूत–प्रेतको असर ठानिने धारणा व्याप्त थियो। रोपाइँको काम सकिएपछि एकदिन परिवारका सबै सदस्यले स्नान गरी शरीर शुद्ध पारिन्छ। त्यही दिन घरघरमा हालै काटिएको गहुँको छ्वाली बालेर […]
ननस्टप विशेष
भ्रष्टाचार आरोप लगाएकै आधारमा कार्वाही हुदैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई स्वदेशमै रोक्ने गरी रोजगारी सिर्जना गर्नु र संक्रमणकालीन न्यायका बाँकी कामलाई टुंगोमा पुर्याउनु सरकारको उच्च प्राथमिकता रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरूको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सरकारले सन् २०८२ देखि २०९२ सम्मलाई ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेको उल्लेख गर्दै वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुँजी, सीप र […]
पैदलयात्रीको मृत्युपछि भक्तपुरमा तनाव, मयुर यातायातविरुद्ध आफन्त र स्थानीय आन्दोलित
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित इटभु चोकमा (रास्ट्रिय वाणिज्य बैंक नजिक) मयुर यातायातको बसले पैदलयात्री वृद्धालाई ठक्कर दिँदा ज्यान गएपछि मृतकका आफन्त र स्थानीयबासी आन्दोलित भएका छन्। मंगलबार बिहान करिब सवा ११ बजे काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको मयुर यातायातको बा.५ ख. ४७८२ नम्बरको बसले बाटो पार गर्दै गरेकी ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठलाई ठक्कर दिदाँ […]
माओवादी आन्दोलनको गहिरो समीक्षा र संश्लेषण आवश्यक : प्रदेश अध्यक्ष पौडेल
काठमाडौं । तत्कालीन जनमुक्ति सेनाका एक कमाण्डर समेत रहेका नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले माओवादी आन्दोलनको तीन दशक लामो यात्राबारे समग्र समीक्षा र वैचारिक संश्लेषणको आवश्यकता औँल्याएका छन्। उनले जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया, संविधान निर्माण, पार्टी एकता र विभाजनसम्मको समग्र राजनीतिक घटनाक्रममा सहभागी भएका सबै नेताहरूको भूमिकालाई आलोचनात्मक दृष्टिले मूल्यांकन […]
सीमित घराना मात्र वित्तीय पहुँचमा, अनुत्पादक कर्जाप्रवाह : पूर्व अर्थमन्त्री पुन
काठमाडौ । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सीमित घरानाको मात्र वित्तीय पहुँच भएका कारण अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रवाह भएको बताएका छन् । कृषि विकास बैंक कर्मचारी संगठनद्वारा मंगलबार आयोजित कार्यक्रममा पुनले यस्तो बताएका हुन् । साथै, उनले संसदका दुई ठूला दल मिलेर बनेको करिब दुई तिहाई सरकारले एक वर्षमा अर्थतन्त्रको […]
काठमाडौँमा उर्दू कविता
काठमाडौं । नेपालस्थित पाकिस्तान राजदूतावासले काठमाडौंमा उर्दू कविता साँझ सम्पन्न गरेको छ । “आलमी मुशायरा; उर्दू, शायरी की ज़ुबान” शीर्षक साहित्यिक कार्यक्रम मंगलबार सम्पन्न भएको हो । साहित्य एकेडेमी नेपालको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमले नेपाल–पाकिस्तानबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्य लिएको दूतावासले जनाएको छ । उक्त कार्यक्रममा नेकपा (एमाले) का सांसद सिराज अहमद फारुकी र […]
दुई शिशु र पत्रकारको ज्यान गएपछि कटहरिया अस्पतालमा तनाव
रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिका-५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा स्वास्थ्य सेवा अभाव र डाक्टरहरूको लापरवाहीका कारण लगातार दुई शिशुको मृत्यु भएको पीडित परिवारको आरोप छ। आक्रोशित स्थानीयहरूले मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र र नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन्। स्थानिय पीडितमध्ये एक बाबुलाल दासका अनुसार उनकी छोरीलाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो। […]
ज्ञानेन्द्र शाह स्वयंको कारण राजतन्त्र समाप्त भएको हो : सिटौला
ललितपुर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्ने विचार वी.पी. कोइरालाको मूल धारणा रहेको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले पार्टी कार्यालय नखिपोटमा आयोजना गरेको ४३औं स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा सिटौलाले वैदेशिक हस्तक्षेप अस्वीकार्य हुने वी.पी. को सोच अनुरुप कांग्रेस चलेको स्पष्ट […]
ख्वप इन्जिनियरिङ कलेजका ९३ विद्यार्थीलाई ४४ लाख बढी छात्रवृत्ति वितरण
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले बुधबार गरिब, जेहेनदार र अनुशासित विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति रकम वितरण गरेको छ। एक कार्यक्रमका बीच २०७७ देखि २०८० सालसम्म भर्ना भएका कलेजका ९३ जना स्नातक तहका विद्यार्थीलाई कूल ४४ लाख २८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति हस्तान्तरण गरिएको हो। कार्यक्रममा भक्तपुर नगर प्रमुख सुनिल प्रजापति प्रमुख अतिथिका […]
भक्तपुरमा बसको ठक्करबाट एक वृद्धाको निधन
भक्तपुर । भक्तपुरको सूर्यविनायक-जगाती सडकखण्डमा पर्ने सूर्यविनायक नगरपालिका–८ स्थित इटभु चोकमा बसको ठक्करबाट एक पैदलयात्री वृद्धाको ज्यान गएको छ। मंगलबार बिहान करिब सबा ११ बजे काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको मयुर यातायातको बा. ५ ख. ४७८२ नम्बरको बसले बाटो काट्दै गरेकी ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। भक्तपुर नगरपालिका–४ […]











