फेरिँदै पाकिस्तानलाई हेर्ने अमेरिकी आँखा, पाकिस्तानी सेना प्रमुखलाई बनाइयो विशेष अतिथि

इस्लामवाद । पाकिस्तानी सेना प्रमुख असिम मुनिर अमेरिका भ्रमणमा निस्केका छन्। आज शनिबार अर्थात जुन १४ मा वासिङ्टन डिसीमा अमेरिकी सेनाको २५० औँ वार्षिकोत्सवको समारोहमा उनी बिशेष अतिथिका रूपमा सहभागी हुनेछन्। यो दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ७९ औं जन्मदिन पनि हो। यस अवसरमा राजधानी वासिङ्टनमा परेडको आयोजना गरिनेछ। मुनिरको पहिलो अमेरिका भ्रमण २०२३ मा […]

प्रमुख प्रतिपक्षले बहादुरीपूर्वक आत्मसमर्पण गर्यो : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले आत्मसमर्पण गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले माओवादी केन्द्रले सत्ता पक्षसँग आत्मसमर्पण गरेर संसद खुलाउन भूमिका खेलेको आरोप लगाएका हुन् । ‘प्रमुख प्रतिपक्षी दलले वीरता र बहादुरीपुर्वक आत्मसमर्पण गरेको सुनियो,’ लिङदेनले भने ।  संसदमा माओवादी केन्द्रका प्रमुख सचेतक […]

प्रतिनिधिसभाको बैठक सुरू, रास्वपा र राप्रपाको बिरोध यथावत

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुइ बुदेँ सहमति भएपछि संसद सुरू भएको हो । तर, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर बिरोध जनाइरहेका छन् । भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्ने माग […]

प्रदेश सांसदका उम्मेदवारसहित महासचिवकै क्षेत्रबाट ८६ नेताकार्यकर्ताले त्यागे एमाले

दाङ । पार्टीभित्र असन्तुष्टि र नेतृत्वप्रतिको अविश्वास बढ्दै गएपछि सत्तारूढ दल नेकपा एमालेको महासचिव शंकर पोख्रेलको निर्वाचन क्षेत्र, दाङ–२ बाट एकैसाथ ८६ जनाले पार्टी परित्याग गरेका छन्। पार्टी छाड्नेहरूमध्ये अघिल्लो निर्वाचनमा दाङ–२(२) बाट उम्मेदवारी दिएका गिरिराज केसी पनि छन्, जो कांग्रेसका उम्मेदवार प्रचण्ड विक्रम न्यौपानेसँग थोरैमात्र मतले पराजित भएका थिए। पार्टीको पूर्व प्रदेश कमिटी सदस्य […]

लन्डन हिडेको खुशी केहीछिनमै खोसियो, विमान दुर्घटनामा परिवारका पाँचैजना रहेनन्

काठमाडौ । भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा लन्डन बस्न हिडेका डाक्टर पतिपत्नी र उनीहरूका ३ छोराछोरी सहित पाँचै जनाको ज्यान गएको भारतीय समाचार पोर्टल अमरउजालाले जनाएको छ । समाचार अनुसार राजस्थानको बाँसवाडा जिल्लामा बसोबास गर्ने जोशी परिवारले लन्डनको नयाँ यात्रा सुरु गर्न लाग्दा एक दर्दनाक विमान दुर्घटनाले उनीहरूको जीवन समाप्त गरिदिएको हो । अहमदाबादबाट लन्डन […]

अहमदाबाद विमान दुर्घटना : भारतका गृहमन्त्री अमित शाह घटनास्थल पुगे

काठमाडौ । एअर इण्डिया विमान नम्बर AI-171 आज दिउँसो गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त भएपछि भारत सरकारका गृहमन्त्री अमित शाह घटनास्थलमा पुगेर स्थिति अवलोकन गरेका छन्। उनले उक्त दुर्घटनामा बाँचेका एकमात्र यात्रीसँग पनि कुराकानी गरेका छन्। भारतीय सञ्चार माध्यम अमर उजालाले जनाए अनुसार घटनापछि पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री शाहले भने, “यो घटना अत्यन्तै दुःखद र स्तब्ध पार्ने […]

मेडिसिटीमा पनि सफलतापूर्वक कलेजो प्रत्यारोपण

ललितपुर । ललितपुरको नख्खु–भैसेपाटी क्षेत्रमा अवस्थित एक प्रमुख सुपर–स्पेसियालिटी अस्पताल नेपाल मेडिसिटी अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण गर्न सफल भएको छ। पोखरा निवासी ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो उनका छोरा २६ वर्षीय आयुष कार्कीले दान गरेपछि अस्पतालले सफलतापूर्वक प्रत्यारोपण गरेको हो । जेठ ८ गते सम्पन्न भएको शल्यक्रिया अस्पतालको इतिहासमा पहिलो सफल कलेजो प्रत्यारोपण आज […]

आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो प्रहार, तीनजना पक्राउ

वीरगन्ज । उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा न्यायाधीश डा. खुसीप्रसाद थारूमाथि इजलासमै कालोमोसो प्रहार गरिएको छ। पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिएको फैसलाप्रति असन्तुष्टि जनाउँदै नेकपा बहुमतका नेताकार्यकर्ताले इजलासमै पुगी कालोमोसो प्रहार गरेका हुन् । उक्त आक्रमण घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेकपा बहुमतका केन्द्रीय सदस्य किशोर कुँवर (अविनाश), सोही पार्टीका सर्लाही […]

मध्यपुर थिमि एलोपेथी, आयुर्वेद र होमियोप्याथी सेवा दिने देशकै पहिलो पालिका

  भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका एलोपेथिक, आयुर्वेद र होमियोप्याथिक तीनवटै पद्धतिबाट स्वास्थ्य सेवा प्रवाह गर्ने पहिलो पालिका बन्न सफल भएको छ ।   वडा नं. ७ नगदेशमा बिहीबार नगरपालिकाले होमियोप्याथिक स्वास्थ्य केन्द्र संचालनमा ल्याएसंगै चिकित्सा पद्धतिबाट सेवा दिने मध्यपुर थिमि पहिलो पालिका बन्न सफल भएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले दावी गरेका हुन्।   […]

टेलिकमको निमित्त प्रवन्ध निर्देशकमा मास्के

काठमाडौ । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी अब सबिना मास्केले सम्हाल्ने भएकी छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जेठ २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मास्केलाई निमित्त प्रबन्ध निर्देशकका रूपमा कामकाज गर्ने जिम्मा दिइएको हो। पूर्व प्रबन्ध निर्देशक संगीता पहाडीमाथि बिलिङ प्रणालीमा अनियमितता र आर्थिक हिनामिनासम्बन्धी आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर […]