गथांमुगः चह्रे – आदिम संस्कृति झल्कने चेतनाप्रधान पर्व

भक्तपुर । वर्षा ऋतुमा खेतीपाती तथा रोपाइँमा व्यस्तताका कारण सरसफाइको क्षेत्रमा अपेक्षित ध्यान दिन सकिंदैन। त्यसैले विभिन्न प्रकारका शारीरिक समस्या देखिनु स्वाभाविक हुन्छ। परम्परागत सामाजिक जनजीवनमा यस्ता शारीरिक समस्याहरूलाई भूत–प्रेतको असर ठानिने धारणा व्याप्त थियो। रोपाइँको काम सकिएपछि एकदिन परिवारका सबै सदस्यले स्नान गरी शरीर शुद्ध पारिन्छ। त्यही दिन घरघरमा हालै काटिएको गहुँको छ्वाली बालेर […]

असन्तोषी युवालाई प्रश्न-तपाईं अग्रगमनको पक्षमा कि प्रतिगमनको?

आरम्भ असन्तोष मानवीय स्वभाव हो । असन्तोष सधै नकारात्मक पनि हुँदैन किनभने प्रगतिको मुहान असन्तोषवाट नै खुल्दछ । त्यहि असन्तुष्टिको परिणाम दैनिक नयाँ नयाँ खोज अनुसन्धान र समाजलाई दैनिक अग्रगति दिईरहेको हुन्छ । ओडारमा बसेर कन्दमुल खाँदै जंगली घुमन्तु जीवन जिउने मानिस आज दुनियाँका अनेकौं सुविधा निर्माण, वितरण र उपभोग गर्न सक्षम भइसक्दा पनि चित्त […]

वर्षे बिदा : आराम हैन, अवसरको समय

फेरि विद्यालय बन्द भएछ, अब केटाकेटी बिग्रिने भए। सामुदायिक विद्यालय कति बन्द हुने क्या? वर्षे बिदा हुँदा आम अभिभावकको चासो र चर्चाको विषय अनि सेरोफेरो यस्तै हुन्छन्। केही दशकअघि लगातार ४५ दिनजति वर्षे बिदा हुन्थ्यो। असार-साउनको झरी वर्षा, खोलानाला, खेतीपाती, वर्षा बेलाले वास्तवमा विद्यालय पुग्न गाह्रो पनि थियो। छाता दुर्लभ कुरा थियो। प्लास्टिकको घुम, कर्कलाको […]

किन गरिँदैछ लिङ्ग परिवर्तन

सुनिल बाबु पन्त । कुनै पनि लिङ्ग प्रत्यारोपण शल्यक्रिया गर्नु अगाडि, केवल व्यक्तिको होइन, उनको परिवारको पनि गहिरो मनोवैज्ञानिक र कानुनी परामर्श अनिवार्य हुनुपर्छ। विशेषगरी जब कुनै पुरुषले विवाह गरी श्रीमती र सन्तान भएको अवस्थामा लिङ्ग परिवर्तन गर्छन्, तब यो केवल व्यक्तिगत निर्णय मात्र हुँदैन—यसको असर पूरै परिवारमा पर्छ।   सबैभन्दा पहिले प्रश्न उठ्छ—पत्नीको के […]

सम्पादकीय : जिम्मेवार नागरिकको कर्तब्य पूरा गरौं

आज गणतन्त्र दिवस । १७ वर्ष अघि आजकै दिन अर्थात्, १५ जेठ २०६५ मा करिब २ सय ४० वर्षसम्म रहेको राजतन्त्र फालेर देशमा गणतन्त्र स्थापना भएको थियो । गणतन्त्र केवल राजनीतिक व्यवस्था होइन, यो जनताको अधिकार, सम्मान र समान अवसरको सुनिश्चितता पनि हो । यसका लागि देशमा २०५२ देखि १० वर्ष भीषण जनयुद्ध भयो, २०६२/६३ […]

देशमा छोरा चार, बिगारे घरबार

प्रस्तावना नेपाल, प्राकृतिक र सांस्कृतिक विविधतामा धनी राष्ट्र, आज सामाजिक, प्रशासनिक र नैतिक संकटको भूमरीमा फसेको छ। एउटा लोकप्रिय व्यंग्यात्मक अभिव्यक्तिमा भनिन्छ—हाम्रो मुलुकका चार छोराहरू छन्: सदाचार, सिस्टाचार, अत्याचार, र भ्रष्टाचार। तर तीमध्ये सदाचार रोइरहेको, सिस्टाचार सुतिरहेको, अत्याचार बलवान, र भ्रस्टाचार महान बनेको छ। यो कथात्मक शैलीले नेपालको वर्तमान अवस्थाको गहिरो चित्रण गर्छ। १. सदाचार […]

राज्यले कृषकको श्रमलाई अवमूल्यन गरिरहेको छ

सत्यराम कासिछ्वा, भक्तपुर । नेपालबाट अहिले दैनिक २ हजार भन्दा बढी श्रम गर्ने जनशक्ति शिक्षा तथा रोजगारीको नाउँमा विदेश पलायन भइरहेका छन् । देशभित्रको खनिज, वनस्पति, जडिबुटी लगायत अन्य प्राकृतिक स्रोत साधनको उचित प्रयोग गर्ने र गराउने वातावरण सिर्जना नहुँदा वर्षको कानुनी र गैरकानुनी रूपमा झण्डै १० लाख युवा विदेशिन बाध्य भएका हुन् । साथै, […]

महानगरको भ्रष्टाचारबारे बोले मेयर बालेन

Balen shah

(काठमाडौ टावर लगायतका विषयमा काठमाडौ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले व्यक्त गरेको अभिब्यक्ति यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।) कहिले यस्तो Partnership देख्नु भएको छ, जहाँ ठूलो लगानीकर्ताले ३ कमाउदा सानो लगानीकर्ताले १०० कमाउने ? काठमाडौँ टावरमा काठमाडौँ महानगर ठूलो लगानीकर्ता हो । यसको पुर्ण जानकारी नपाउँदा तपाईंलाई लाग्न सक्छ, जाबो नक्सापासकै कुरा त […]

म धेरै कुरा देख्दै, भोग्दै र पचाउँदै आएको मान्छे हुँ : प्रधानमन्त्री

(प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वैशाख, २०८२ मा पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ सडकको उद्घाटनसभालाई गरेको सम्बोधनका आधारमा उनको स्वकीय सचिवालयले तयार पारेको लेख यहाँ प्रस्तुत गरिएको छ ।) आज खुशीको कुरा हो । गोन्द्राङ–पुुल्चोक खण्ड एसियाली मापदण्डको सडकको कार्यसम्पन्न भएर उद्घाटन भएको छ । कार्यसम्पन्न हुनुु खुशीको कुरा हो । कार्यसम्पन्न भएर यो उद्घाटित भएको छ […]

गर्मीको चरम जोखिममा रहेका जिल्ला

प्रकाश रेग्मी

जसरी ९९ डिग्री सेल्सियसमा पानी उम्लँदैन तर ९९ डिग्री सेल्सियस तापक्रमको पानीमा १ डिग्री सेल्सियस मात्र अतिरिक्त ताप थप्दा पानी उम्लन्छ। अर्थात् १ डिग्री सेल्सियसको परिवर्तनले पानीको गुण र स्वरुपमा ठूलो परिवर्तन गर्दछ। ठिक वायुमण्डलमा पनि यस्तै परिवर्तन हुन्छ। परिचय अप्रिल १५, २०२५ को सिएनएनको अनलाइन पोर्टलको समाचरमा ‘भारत र पाकिस्तानमा बढेको चरम गर्मीको लहरले […]