यसरी बदलिँदाे छ अमेरिकामा बस्ने नेपालीकाे जीवन

अमेरिका प्रवेश गरेपछि हाम्री एउटी मात्र छोरीको हिन्दू परम्पराअनुसार नेपाली केटोसँग विवाह गरिदियौँ । केही वर्षपछि नातिनीहरू भए । ‘साँउभन्दा ब्याज प्यारो’ भनेझैँ ती कलिला मुनाहरू आँखाका नानी भए, हाम्रा लागि । तोतेबोली र बालापनको बेलामा मेरी हजूरआमा रमाएझैँ हामी पनि यी अबोध प्यारा नानीहरूको बाललीलामा रमायौँ । समय मिलाएर हामी बूढाबूढी तिनीहरूको बेबीसिटर बन्थ्यौँ । कहिले पार्कमा खेलाउन लान्थ्यौँ, […]

१६ बुँदेपछि प्रचण्ड युगको पूरै अवसान

कुनै समय यस्तो थियो कि प्रचण्डको नाममा छुट्टै जादु छ कि भन्ने अनुभूति हुन्थ्यो धेरैलाई । नेपालको राजनीतिमा मात्र होइन, विश्व राजनीतिमै उनको स्थान आउला कि भन्ने धेरैको आशा नपलाएको पनि होइन । नेपालको बिग्रेको राजनीतिक प्रचण्डले सुधार्छन कि भन्ने आशा मूलतः दस वर्षे जनयुद्धले जगायो । प्रचण्डको प्रचार सुन्नेहरुमात्र होइन, स्वयम जनयुद्ध लड्नेहरु पनि […]

यसरी कमजोर बनाइदैछन सामुदायिक विद्यालय

यसपटकको एसएलसी परीक्षामा सहभागी भएका जम्मा ३ लाख ९४ हजार ९ सय ३३ विद्यार्थी मध्ये २ लाख ९९ हजार ४ सय ७७ जना विद्यार्थी सामुदायिक विद्यालयका र ९५ हजार हजार ४ सय ५६ जना विद्यार्थी संस्थागत विद्यालयका थिए । त्यसमध्ये सामुदायिकबाट ८९ हजार २१ जना विद्यार्थी उत्तिर्ण भए भने ८४ हजार ४ सय १५ जना […]

विश्वविद्यालयमा चोरेर लेक्चरर, रिडर र प्रोफेसर बन्नेहरुकाे रामकहानी (भिडियाेसहित)

२०७० सालमा विश्वविद्यालय अनुदान आयोग (यूजीसी)ले त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र विभागका प्रा.डा.केदारनाथ घिमिरेलाई बौद्धिक चोरी गरेको आरोपमा कालोसूचीमा राख्यो । तर, दुई वर्ष नबित्दै उनको नाम कालोसूचीबाट हट्यो । घिमिरेलगायत तीन जनाको टोलीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि यूजीसी रक्षात्मक हुनपुग्यो । यूजीसीसँग बौद्धिक चोरीमा कारबाही गर्ने कार्यविधि थिएन, त्यसमाथि उसले समयावधि नतोकी कारबाही गरेको […]

यसरी गाडिएका छन नेपाल प्रहरीमाथि शक्तिराष्ट्रका आँखा

काठमाडौं उपत्यका र आसपासका ६ जिल्लामा कार्यरत प्रहरीसँग अन्यत्रका प्रहरीसँग भन्दा फरक खाले सञ्चार सेट छन् । उपत्यकाभित्रका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) सँगै सिन्धुपाल्चोक, काभ्रे र कास्कीका प्रहरीले तुलनात्मक रूपमा आधुनिक सञ्चार सेट प्रयोग गरिरहेका छन् । ६ जिल्लाका प्रहरीले प्रयोग गर्ने ती सञ्चार सेटलाई आधुनिक किन भनिएको हो भने ती सेटमा डिजिटल […]

के अमेरिका र उत्तर काेरियाबीच युद्ध हाेला ?

काठमाडौं, १० असोज । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबीच चर्को शाब्दिक आक्रमण तथा पारस्परिक अपमानको शृंखला चलिरहँदा कोरियाली प्रायद्वीपमा युद्धको सन्त्रास छाएको छ । उत्तर कोरियाले लगातार आणविक तथा क्षेप्यास्त्र परीक्षण गरिरहँदा अमेरिकाले अघिल्लो हप्ता कोरियाली प्रायद्वीपको उत्तर कोरियाली तटनजिक हवाई आक्रमणको पूर्वाभ्यासस्वरूप लडाकु विमानहरू उडाएको थियो । यसका […]

अमेरिका र उत्तर कोरियाबीचकाे तनावमा रुसले के गर्ला ?

रुसी टेलिभिजन क्यामेरासामु उभिएर उद्घोषिकाले मुस्कुराउँदै भनिन्— यसको बास्ना ताजा गराउनेवाला छ र हाम्रा मनमा हाम्रा नेताका लागि अत्यन्त धेरै इज्जत र सम्मान छ । उत्तर कोरियाली मूलकी यी उद्घोषिकाले रातो रंगको एउटा फूल सुँघेकी थिइन् जसको नाम उत्तर कोरियाका पूर्व सर्वोच्च नेता किम जोङ इलको नाममा राखिएको थियो । रुसी सरकारी टेलिभिजनमा बिहानको समयमा […]

ट्रम्पको राजनीतिक भविष्यमाथि उनकै शैली बाधक

न्यून रोजगारी र मुद्रास्फीतिसँगै संयुक्त राज्य अमेरिकाको अर्थतन्त्र सामान्य गतिमा अघि बढिरहेको छ । सामान्यतया यस्तो अवस्थाले अमेरिकी राष्ट्रपति र सर्वसाधारण जनतासँगको सम्बन्धमा जटिलता ल्याउने देखिन्छ । राष्ट्रपति ट्रम्पप्रति मुस्किलले ४० प्रतिशतभन्दा न्यून अमेरिकीको समर्थन छ, जुन समय अमेरिकामा आर्थिक मन्दी थियो । निश्चय नै ट्रम्पको वास्तविक लोकप्रियता सर्वेक्षणमा उल्लेख गरेभन्दा केही उच्च हुन सक्छ, […]

‘पोस्ट ट्रूथ’ र यसका असरहरु

जब सत्य जुत्ता लगाइरहेको हुन्छ, तब भूmट पूरा संसार परिक्रमा गरेर फर्किसकेको हुन्छ– मार्क टुवेन । ‘धर्मराज’ युधिष्ठिरले गुरु दोर्णाचार्यलाई मार्न ‘नरो वा कुन्जरो वा, अस्वस्थामा हतो हत’ भन्दै अस्वस्थामा मरेको हल्ला चलाए । ‘सत्यवादी’ सूचनास्रोतको भनाइ प्रतिपक्षी सेनापति द्रोणले नपत्याउने कुरै भएन् । महाभारतको युद्धकथा भनेको कपट, झुट र षडयन्त्रका गाथा हुन् । त्यो […]