अमेरिका र उत्तर कोरियाबीचकाे तनावमा रुसले के गर्ला ?

रुसी टेलिभिजन क्यामेरासामु उभिएर उद्घोषिकाले मुस्कुराउँदै भनिन्— यसको बास्ना ताजा गराउनेवाला छ र हाम्रा मनमा हाम्रा नेताका लागि अत्यन्त धेरै इज्जत र सम्मान छ ।

उत्तर कोरियाली मूलकी यी उद्घोषिकाले रातो रंगको एउटा फूल सुँघेकी थिइन् जसको नाम उत्तर कोरियाका पूर्व सर्वोच्च नेता किम जोङ इलको नाममा राखिएको थियो । रुसी सरकारी टेलिभिजनमा बिहानको समयमा उत्तर कोरियामाथि एक विशेष कार्यक्रम प्रसारित गर्ने गरिन्छ । यो कार्यक्रम विशेष सिरिजको एउटा हिस्सा हो । जसमा कथित रूपमा विषयहरूलाई गोप्य राख्ने यसको देशको खानपान र फेसनको जानकारी दिने गरिन्छ ।

यस कार्यक्रमको संकेत यही हो कि उत्तर कोरियाको आणविक कार्यक्रम र मिसाइल परीक्षणबारे रूपको अलग पक्ष छ । प्रसारणभन्दा दुई साताअघि ११ अगस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गरेका थिए— यदि उत्तर कोरियाले कुनै गडबड गर्‍यो भने अमेरिकी सेना गोलाबारुदका साथमा पूरापूर तयारी अवस्थामा छ । मलाई विश्वास छ कि किम जोङ उनले कुनै दोस्रो उपाय खोज्नेछन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरियालाई लिएर कैयौँपटक दुवै देशबीच अलग रबैया प्रदर्शन गरेका छन् । हालैमा उनले भनेका थिए— उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनु व्यर्थ हो । उनले अगाडि भनेका थिए— उत्तर कोरियाले घाँस खाएर गुजारा गर्नेछ, तर ऊ आफ्नो आणविक कार्यक्रम छाड्नेवाला छैन । यद्यपि, पुटिनले उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणको आलोचना पक्कै गरेका छन् र उनले यसलाई ‘भड्काउने घटना’ बताएका छन् । रुसी राष्ट्रपति पुटिनले भनेका थिए कि उत्तर कोरियाका जनताले इराकमा सद्दाम हुसेनको कथित हतियार बढाउने कार्यक्रमलाई लिएर उसमाथि अमेरिकाले गरेको आक्रमणलाई भुलेका छैनन् । र, यसैकारण उनीहरूलाई लाग्छ कि आफ्नो सुरक्षाका लागि आणविक हतियारको संख्या बढाउनुपर्छ ।

मस्को कार्निगी सेन्टरका एलेक्जेन्डर गाबुइव भन्छन्— रुसलाई लाग्छ, उत्तर कोरिया सबैमाथि बम प्रहार गर्न चाहँदैन । तर, उसको कार्यक्रम दक्षिण कोरिया र अमेरिकाको हितविपरीत छ । उनी अगाडि भन्छन्— रुसलाई लाग्छ कि ऊ पनि अमेरिकाको ‘गणतन्त्रलाई बढावा दिने’ दाबीबाट त्यति नै चिन्तित छ, जति उत्तर कोरिया ।

अमेरिकासँग आफ्नो निजी अनुभवका कारण पनि सायद रुस उत्तर कोरियामाथि अधिक प्रतिबन्ध लगाउने प्रस्तावको समर्थनमा छैन । किनकि, रुस आफैँले पनि अमेरिकी प्रतिबन्ध झेलिसकेको छ । अमेरिका चाहन्छ— अन्तर्राष्ट्रिय समुदायबाट उत्तर कोरियालाई हुँदै आएको तेल आपूर्ति, उसको टेक्सटाइल निर्यात र उत्तर कोरियाका श्रमिकलाई विदेशमा भर्ती गर्ने काममा प्रतिबन्ध लगाइयोस् । ऊ उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको निजी सम्पत्ति जफत गर्नुका साथ उनको यात्रामाथि पनि प्रतिबन्ध लगाउन चाहन्छ ।

उत्तर कोरियामा कैयौँ वर्ष बिताइसकेका रुसी राजदूत जर्जी टोलोराया सोध्छन्— हामी के गर्नेवाला छौँ ? तेलको आपूर्ति बन्द गरिदिने, ताकि वहाँ बिरामीलाई अस्पतालसम्म पुर्‍याउने एम्बुलेन्सले काम गर्न नसकून् ? उनी अगाडि भन्छन्— रुस व्यापारमा नोक्सानीको चिन्ता गर्नुको साटो आफ्नो सिद्धान्तबाट प्रेरित भएर काम गर्छ ।

राष्ट्रपति पुटिनले भनेका छन्— उत्तर कोरियालाई हुनेवाला निर्यात ‘लगभग शून्य’ को अवस्थामा छ । यद्यपि, रुसको सुदूर पूर्वमा ३० हजार उत्तर कोरियाली कामदारले काम गरिरहेका छन् । यी कामदारलाई सरकारको खर्चमा काम दिइएको छ ।

चीनको जस्तै रुसको सीमा पनि उत्तर कोरियासित जोडिएको छ । र, ऊ दक्षिण कोरियालाई लिएर अन्तर्विरोधको अवस्थामा छ, अमेरिकाको मित्र र सैन्य सहभागी पनि हो । उत्तर कोरियालाई लिएर चीन र रुसले प्रतिबन्धबाट हटेर कूटनीतिक बाटो खोज्ने कुरा बताइसकेका छन् । पहिलो कदमका रूपमा उत्तर कोरियाको मिसाइल परीक्षणमाथि रोक लगाउने र साथसाथै अमेरिका र दक्षिण कोरियाको साझा सैनिक अभ्यास पनि बन्द गर्ने कुरा बताइएको छ । र, दोस्रो कदममा सबै पक्षबीच संवाद बढाउने कोसिस गर्नुपर्ने सल्लाह पनि उनीहरूले दिएका छन् ।

यस साता चीनको यात्राका क्रममा राष्ट्रपति पुटिनले जापान र दक्षिण कोरियाली नेताहरूसित भेटघाट गरे । उत्तर कोरियाको एक प्रतिनिधिमण्डल पनि पूर्वी रुसमा भएको यस बैठकमा सहभागी भएको थियो । केही वर्षअघि मित्रताको पहल गर्दै पुटिनले सोभियत कालदेखि चल्दै आएको अधिकांश ऋण माफ गरिदिएका थिए ।

(लेखक रेन्सफोर्ड मस्कोबाट बिबिसीका लागि काम गर्छिन)

Loading...