शिवाङ्गी दुबेः ‘कक्षा–दश, स्वर्ण पाँच’

भीमदत्तनगर, १८ साउन । खेलप्रतिको लगाव र मेहनतले छोटो समयमै सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन् कुस्तीका खेलाडी शिवाङ्गी दुबे । कञ्चनपुरको भीमदत्तनगरस्थित आर्दश विद्या निकेतनमा कक्षा–१० मा अध्ययनरत शिवाङ्गी नेपाली महिला कुस्तीको इतिहासमा अब्बल खेलाडीका रुपमा उदाएकी छन् । भीमदत्तनगरपालिका–४ भाषीस्थित तीन वर्षदेखि बुबा/आमासित डेरा गरी अध्ययनसँगै कुस्ती खेलमा लागेकी दुबे यतिबेला […]

मेस्सीमाथि कडा कारवाही, ३ महिने प्रतिबन्ध, ५० हजार यूएस डलर जरिवाना

काठमाडाैं । अर्जेन्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको छ । उनीमाथि तीन महिनासम्म अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको हो । क्लब प्रतिस्पर्धामा भने उनी सहभागी हुन पाउने छन् । गएको महिना ब्राजिलमा सम्पन्न भएको कोपा अमेरिका फुटबलको क्रममा मेस्सीले दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय (कोनमेबोल) ले […]

फुटसलको उपाधि घरेलु टोलीलाई

काठमाडौँ, १७ साउन । प्रथम नवोदित अन्तरकलेजस्तरीय फुटसल प्रतियोगिताको उपाधि घरेलु टिमले हात पारेको छ । बिहीबारदेखि सामाखुशी फुटसलमा शुरु भएको उक्त प्रतियोगिताका २५ टिमलाई हराउँदै आज नवोदित कलेजले प्रथम स्थान हात पारेको हो । पेनाल्टी सुटआउटमा समृद्धि कलेज बनस्थलीलाई ४–३ गोलअन्तरले हराउँदै नवोदित कलेजले उपाधि जितेको हो । प्रथम भएसँगै नवोदित कलेजले ६१ हजार […]

मेस्सी र रोनाल्डो फिफा अवार्ड का लागि उत्कृष्ट १० मा, परेनन नेइमार

काठमाडाै‌ं । फिफा अवार्ड २०१९को मनोनयन सार्वजनिक भएको छ । लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो दुवै जना उत्कृष्ट १० मा परेका छन् । तर दाबेदार मानिएका क्रोएशियाका लुका मोड्रिच र ब्राजिलका नेइमार उत्कृष्ट १० मा अटाएका छैनन् । फिफाले महिला र पुरुष दुवैको अन्तिम १० मनोनयन घोषणा गरेको हो । पुरुषतर्फ लिभरपुलका तीन जना खेलाडी […]

रोनाल्डोले खेल्न नमानेपछि रिसाए फ्यान, पैसा फिर्ता मागेर गरे यस्तो लफडा

काठमाडाैं । क्रिस्टियानाे राेनाल्डाे अहिलेका चर्चित खेलाडी हुन् । स्पेनिस क्लब रियल म्याड्रिडबाट लामाे समय तहल्का मच्चाएका राेनाल्डाे पछिल्लाे समय इटाली पुगेका छन् । अहिले इटालियन क्लब युभेन्टसबाट खेलिरहेका राेनाल्डाे पछिल्लाे समय अपेक्षित लय पकडन नसकेकाे बताइन्छ ।  यसैक्रममा क्रिस्टियानाे राेनाल्डाेका फ्यानहरु उनकाे एक व्यवहारका कारण निकै रिसाएका छन् । प्रिसिजनका खेलहरु खेल्न दक्षिण काेरिया […]

कञ्चनपुरमा सुविधासम्पन्न कभर्डहल निर्माण

कञ्चनपुर, १६ साउन । कञ्चनपुरको वेदकोट नगरपालिका–३ मा रु एक करोड ५० लाख लागतमा सुविधासम्पन्न कभर्डहल निर्माण गरिएको छ । राष्ट्रियस्तरका खेलकूद प्रतियोगिता सञ्चालन गर्न र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नका लागि कभर्डहल निर्माण गरिएको हो । कभर्डहलमा दुई डे«सिङ रुम, शौचालयलगायतका संरचना निर्माण गरिएको नगरप्रमुख अशोककुमार चन्दले बताए । “कभर्डहलको बाह्य संरचना निर्माण भएर तयार […]

सकिएको छैन आस ! अझै टि-२० बिश्वकपमा पुग्न सक्छ नेपाल तर कसरी ? हेर्नुस

काठमाडौं । आईसीसी टि–ट्वाइन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रीय छनोटको अन्तिम खेलमा नेपाल सिंगापुरसँग पराजित भयो। नेपाल सिंगापुरसँग ८३ रनको फराकिलो अन्तरले पराजित हुँदा नेट रनरेटमा कतारभन्दा पछि पर्दै तालिकाको तेश्रो स्थानमा झर्न पुगेको छ। नेपाललाई हराएको सिंगापुरले यही अक्टोबर र नोभेम्बरमा युएईमा हुने ग्लोबल छनोटमा सहभागिता जनाउने पक्का भएको छ। १४ टोलीले सहभागिता जनाउने उक्त […]

चर्चित फुटबलर मेस्सीमाथि आक्रमण (भिडियोसहित)

काठमाडौं, १४ साउन । अर्जेन्टिनाका चर्चित फुटबलर लियोनल मेस्सीमाथि आक्रमण प्रयास भएको छ । परिवारसहित स्पेनको एक इबिजा टापुमा घुम्न गएका मेस्सीमाथि आक्रमण प्रयास भएको हो । केही समयदेखि उनी बार्सिलोनाका प्रि सिजनका खेलहरुमा सहभागी नभएका उनी श्रीमती र छोराहरुसँग विदा मनाइरहेका छन् । परिवारसँग विदा मनाएर उनी आइतबार स्पेन पुगेको र सोही दिन उनी […]

यु–१५ साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने

काठमाडौं, १४ साउन । आगामी अगस्टमा आयोजना हुने यू–१५ साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल घरेलु टोली भारतसँग खेल्नेछ । साफ च्याम्पियनसिप अगस्ट २१ देखि ३१ सम्म भारतको कल्याणी रंगशालामा आयोजना हुनेछ । यस प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान, श्रीलंका र भारत रहेका छन् । खेल […]

कराँते च्याम्पियनशिप हुने

कास्की, १४ साउन । पर्यटकीय शहर पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराँते ग्राण्ड च्याम्पियनशिप’ आयोजना हुने भएको छ । नेपाल फुलकन्ट्याक्ट कराते महासङ्घको आयोजनामा हुने प्रतियोगितामा १५ सङ्घका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने महासङ्घका अध्यक्ष दमन बस्नेतले बताए । प्रतियोगितामा पुरुष तथा महिला खुला तौल […]