काठमाडौं, २२ माघ । आईसीसी क्रिकेट वल्र्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई १९८ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनायो । उसको सुरुवात भने खराब थियो र ५७ रन […]
खेलकुद
आज नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन
काठमाडौँ, २२ माघ। क्रिकेट खेल्ने हरेक मुलुकको सपना हुन्छ एकदिवसीय मान्यता प्राप्त गर्ने र विश्वकप प्रतियोगिता खेल्ने । नेपालले दुई वर्षअघि एकदिवसीय मान्यता पाइसकेको छ । अब उसको लक्ष्य विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने हो । विश्वकपकै सिँढीका रूपमा रहेको त्रिकोणात्मक सिरिज आजदेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुँदैछ । त्यसैले आजको दिन नेपाली क्रिकेटका लागि ऐतिहासिक […]
३ महिनापछि टिममा फर्किए म्याक्सवेल
केहि समय क्रिकेटबाट विदा लिएका अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेल करिब ३ महिनापछि टिममा फर्किएका छन् । क्रिकेट अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध आउने महिना हुने सिरिजको लागि टिम घोषणा गर्दा म्याक्सवेल पनि टिममा परेका छन्। मानसिक स्वास्थ्यको कारण म्याक्सवेलले गत कात्तिकमा क्रिकेटबाट विश्राम लिएका थिए। श्रीलंकाविरुद्ध घरेलु टिम अष्ट्रेलियाले तीन खेलको सिरिज क्लिन स्वीप गर्दा म्याक्श्वेलले अघिल्लो […]
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रहरीमा आवद्ध पदक बिजेता खेलाडीहरु सम्मानित
माघ १९ , काठमाडौँ । नेपाल प्रहरीमा आबद्द १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग मा पदक बिजेता खेलाडीहरु सम्मानित भएका छन् । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतबार १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा विभिन्न पदक प्राप्त गर्न सफल नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुलाई नगद पुरस्कारद्वारा सम्मान गर्नुभएको छ । कार्येक्रममा कोरियन तेक्वान्दो […]
युभेन्ट्सले सिरी ‘ए’ फुटबलमा नापोलीसँग नमिठो हार
सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि इटालियन महारथि युभेन्ट्सले सिरी ‘ए’ फुटबलमा नापोलीसँग नमिठो हार खेपेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स नापोलीसँग २–१ गोलले पराजित भयो । प्रतिस्पर्धात्मक खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । पाहुना टोली युभेन्ट्सलाई हार चखाउन नापोलीका पिओटर जिलिन्स्कीले ६३औं मिनेटमा खाता खोले । ८६औं मिनेटमा लोरेन्जो इनसिग्नेले गोल […]
नेवाः फुटसल कासा हुने
काठमाडौं । नेपाल खड्गी सेवा समितिको आयोजनामा यही माघ १० र ११ गते नेवाः फुटसल कासा हुने भएको छ । समितिको सातौं राष्ट्रिय महाधिवेशनका अवसरमा आयोजना हुने फुटसलमा खड्गी समुदायको दुई समूहका साथै ज्यापु, मानन्धर, देसार, ताम्रकार, राजकर्णिकार, श्रेष्ठ, पुतुवार र बलामी समुदाय बीच प्रतिस्पर्धा हुने भएको आयोजकले ननस्टपखबरलाई जानकारी दिएका छन । कासामा प्रथम […]
मलेसिया-११ बिरुद्ध दोश्रो एकदिवसीयमा पनि क्यान-११ को सहज जित
मलेसिया राष्ट्रिय टिमको नेपाल भ्रमण अन्तर्गत दोश्रो एकदिवसीयमा नेपाल क्रिकेट संघ-११ ले मलेसिया-११ लाई १ सय ७० रनको विशाल अन्तरले पराजित गरेको छ। यस अघि सोमबार खेलिएको पहिलो एकदिवसीयमा पनि मलेसिया १३५ रनले पराजित भएको थियो। सिरिज अन्तर्गत तेश्रो तथा अन्तिम एकदिवसीय बिहिबार खेलिनेछ। खेलमा टस जितेर मलेसियाले बलिंग रोजेपछि ब्याटिंग गरेको नेपाली क्रिकेट टिम ( […]
टी–ट्वान्टीमा किर्तिमानी सय विकेट लिने संघारमा सन्दीप
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने टी–ट्वान्टी क्रिकेटमा किर्तिमानी सय विकेट लिने संघारमा पुगेका छन्। अष्ट्रेलियामा मेलबर्न स्टार्सबाट बिग बास क्रिकेट खेलिरहेका सन्दीपले बुधबारको खेलमा २ विकेट लिए नेपालबाट टी–ट्वान्टीमा एक सय विकेट पुरा गर्ने पहिलो नेपाली क्रिकेटर बन्नेछन्। सन्दीप रहेको टोलीले बुधबार एडिलेड स्ट्राइकर्ससँग खेल्छदै। आजको खेलमा उनले २ विकेट […]
सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले तेह्रौँ खेल आज खेल्दैँ
काठमाडौँ, ०८ माघ । बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले आज आफ्नो तेह्रौँ खेल खेल्न गईरहेको छ । मेलबर्न स्टार्सले आज एडिलेड स्ट्राइकर्स विरुद्ध तेह्रौँ खेल खेल्ने छ । मेलबर्न स्टर्सले अहिले सम्म १२ खेल खेल्दा १० खेलमा जित र २ खेलमा हारको सामना गरेको छ । एडिलेड स्ट्राइकर्सले भने अहिले […]
अमेरिकाले नेपाल र ओमानसँग विश्वकप लिग–२ खेल्न टोली घोषणा गर्यो
काठमाडौं, ७ माघ । नेपालमा हुने आइसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसिय त्रिकोणात्मक क्रिकेट सिरिजका लागि अमेरिकाले १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल र ओमानसँग प्रतिस्पर्धा गर्नका लागि अमेरिकाले आफ्नो टोली घोषणा गरेको हो। आगामी २२ देखि २९ गतेसम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजको लागि सोमबार सौरभ नेत्रवलकरको कप्तानीमा १४ सस्दय टोली घोषणा गरिएको […]










