१३औ सागमा स्वर्ण बिजेता खेलाडीलाइ कांग्रेसले गर्यो नगद पुरस्कार तथा सम्मान ( फोटोहरु )

खेलाडीहरुका लागि उचित तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने – सभापति देउवा

श्रावन १६ ,काठमाडौँ। १३ औ दक्षिण दक्षिण एसियालि खेलकुद प्रतियोगिता ( साग ) मा स्वर्ण पदक विजेता खेलाडीहरुलाइ नेपाली कांग्रेसले नगद पुरस्कार तथा सम्मान गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरुको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताएका छन् । पार्टी कार्यालयमा सागका स्वर्ण विजेता खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा सभापति देउवाले खेलाडीहरुका लागि उचित तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताएका हुन् ।
राष्ट्रको इज्जत र प्रतिष्ठा बढाइरहेका खेलाडीहरुलाई उचित तलब र भत्ता दिने कुरा संसदमा समेत उठाउने उनले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव रमेश सिलावालले खेलकुद ऐन निर्माण गर्दा त्रुटि भएको बताएका छन् । काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले समेत ऐन निर्माण गर्दा ध्यान नदिएको भन्दै उनले गुनासो गरे ।
ऐन निर्माणको चरणमा रहेका बेला सम्बन्धित क्षेत्रका विज्ञ लगायत सरोकारवालाहरुलाई सहभागी गराएर छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । आगामी दिनमा ऐन बनाउँदा ध्यान दिन उनले आग्रह गरे । सरकारले केही समयअघि मात्रै जारी गरेको राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ मा उनले असन्तुष्टि जनाउँदै आएका छन् । काँग्रेसको खेलकुद विभागले १३ दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ । 

 कांग्रेस केन्द्रीय खेलकुद विभागको आयोजनामा  भएको कार्येक्रममा बिभाग प्रमुख मोहन बस्नेतले विदेशी सहायाता लिँदा अन्य खेल संघले स्वीकृती लिनुपर्ने तर नेपाल ओलम्लिप कमिटिले (एनओसी) ले स्वीकृती नलिनु पर्ने नयाँ ऐन नेपालको संविधानको भावना र मर्मविपरित भएको बताएका छन् । उहाले सरकारमा जो आएपनि खेलकुद विकास र विस्तार राज्यको दायित्व रहेको बताए । विभाग प्रमुख बस्नेतले ओलम्पिक कमिटीमा निरङ्कुश हाबी भएको आरोप लगाउदै अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीले हाल पाइरहेको आजिवन भत्ता पनि घटाउने सरकारको तयारी रहेको बताउनु भयो । 


विभाग प्रमुख बस्नेतले भने, “अब सरकारले खेलाडीको पदक अनुसार आजीवन भत्ता दिनुपर्छ । अहिलेसम्म एक पदक जित्‍ने र त्योभन्दा बढी जित्नेलाई समान छ । जसले खेलुकदमा बढी बगाएका छन् त्यही अनुसारको मुल्याङकन हुनु पर्छ ।” उनले नेपाली खेलाडी राष्ट्रको गहना भएको भन्दै ठुलो आर्थिक सम्मान भन्दा आत्मसम्मान ठुलो भएको बताए । 

 

 

 

 

 

 

 

 

 

Loading...