नेपाल बक्सिंग संघ एकलौटी ढंगबाट चलाएको भन्ने बारे संघले गर्यो आपत्ति

काठमाडौँ। नेपाल बाक्सिंग संघले आफ्नो बारे भ्रामक समाचार आएको प्रति गम्भीर ध्यान आकर्षण भएको बताएको छ। संघका महासचिवद्वारा केहि संचार माध्यममा बैठमा हातपात गरेको ,आर्थिक अनियमितता एवं बक्सिङ्ग खेलको बिकासमा संघले ध्यान नदिएको ,एकलौटी रुपमा संचालन भएको भनि दिएको अभिव्यक्ति प्रति खेद जनाउदै संगले शनिवार बिज्ञप्ति जारि गरेको छ।
बिज्ञप्तिमा महासचिव जस्तो जिम्मेवार व्यक्तिबाट बाक्सिंग खेलको बिकास र बिस्तारमा भ्रम सृजना गर्ने गैर जिम्मेवार ,कपोलकल्पित ,निराधार अभिव्यक्तिले संघको गरिमालाइ आघात पुर्याएको भनिएको छ।
संघको श्रावन १५ ,१६ गते बसेको बैठकमा आर्थिक समितिले प्रस्तुत गरेको प्रतिवेदन उपर महासचिवले बिमति प्रकट गरेको र आर्थिक प्रतिवेदन पास नगराउने मनसायले ३ बर्ष बात लागि परेको बिज्ञप्तिमा उल्लेख गरेको छ।
खेलकुद विकास ऐन – २०७७ लागु भएपछी संघले सबै आर्थिक प्रतिवेदन र लेख परिक्षण प्रतिवेदन आर्थिक बर्ष समाप्त भएको २ महिनाभित्र राष्ट्रिय खेदकुद परिषद मा बुझाउनु पर्ने अन्यथा संघ मार्फत कार्वाही गर्न सक्ने प्रावधान भएकोले संघलाई परेको बाध्यात्मक परिस्थितिको कारण सम्भव भएसम्म छिटो बुझाउनु पर्नेमा सबै सदस्यले मत राखेको संघले जनाएको छ ।
संघले २०७४ श्रावन २९ गतेको बैठकले विधि सम्मत रुपमा जिल्ला गठन समिति प्रतिवेदन अनुसार संघको मान्यता दिइसकेको सोको जानकारी पत्र राष्ट्रिय खेलकुद परिषदमा सोहि समय दर्ता भइसकेको र उक्त जिल्ला संघ गठनमा सबैको सर्व सम्मत रहेको संघका अध्क्षय राम अवालेको हस्तक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ।  

Loading...