सुटकेशभित्र टाउ र खुट्टा नभएको शव भेटियो

काठमाण्डौ । काठमाण्डौको गोंगवुमा सुटकेशमा टाउकाे नभएकाे शव फेला परेकाे छ ।

गाेंगबुकाे गणेशस्थानमा सुटकेसमा फालिएकाे शव भेटिएकाे ठाउँभन्दा तीन सय मिटर टाढा टाउकाे फेला परेकाे छ । शरिर र टाउको छुट्टाछुट्टै ठाउँमा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

टोखा नगरपालिका–१० स्थित सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । काठमाडौं उपत्यकामा कार्यरत प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेका छन् ।

आइतबार बिहानै एक सर्वसाधारणले सडकको दाहिने किनारमा रगतले लतपतिएको सुटकेश फेला पारेकाे र उनले प्रहरी कन्ट्रोल १०० मा फोन गरेपछि प्रहरी घटनास्थलमा पुगेकाे बताइएकाे छ । प्रहरीले घटनास्थमा विशेष तालिमप्राप्त कुकुरसहित परिचालन गरेकाे थियाे ।

साे क्रममा प्रहरीकाे जाेजाे नाम गरेकाे कुकुरले शरिर भेटिएकाे तीन सय मिटर पर अर्काे जेब्रा झोला भेटिकाे थियाे । उक्त झोला खोलेर हेर्दा टाउको र खुट्टा भेटिएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीले शव कसकाे हाे भन्ने अहिले नै पहिचान नभएकाे जनाएकाे छ । शवकाे पहिचान गर्नका लागि प्रहरीले केहीदिन यता हराएका मान्छेहरुकाे फाइल अध्ययन गरिरहेकाे जनाएकाे छ । साथै काेही हराएकाे भए सम्पर्क गर्न पनि प्रहरीले सबैलाइ अाह्वान गरेकाे छ ।

Loading...