एशिया कप–नेपालले टस जित्यो

काठमाडौँ, २० भदौ । श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा घरेलु टोलीविरुद्वको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । श्रीलङ्काको आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले आयोजक श्रीलङ्का विरुद्वको खेलमा जीत निकाल्ने आशासहित मैदानमा उत्रेको छ । तर, नेपालले श्रीलङ्कालाई अहिलेसम्म हराउन सकेको छैन । […]

एनओसीको निर्वाचन स्थगित

काठमाडौँ, १९ भदौ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलिको लागि तय भएको कार्य समितिको निर्वाचन स्थगित भएको छ । सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै यही भदौ २० गतेका लागि तय भएको एनओसीको निर्वाचन स्थगित गरिएको एनओसीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाइएको […]

विश्वकप छनोटका लागि नेपालले कुवेतसँग खेल्दै

काठमाडौँ, १९ भदौ । फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज कुवेतसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले विजयी लक्ष्यका साथ कुवेतविरुद्व मैदानमा उत्रनेछ । उक्त खेल कुवेतस्थित जाविर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति १०ः४५ बजे शुरु […]

पौडी छनोट हुने

काठमाडौँ, १८ भदौ । नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पौडी खेलमा सहभागी हुने खेलाडीको अन्तिम छनोट गर्ने उद्देश्यले यही भदौ २४ र २५ गते नवौँ ‘एनएसए कप’ पौडी प्रतियोगिता हुने भएको छ । प्रतियोगितालाई व्यवस्थित एवं भव्यरुपमा सम्पन्न गर्न नेपाल पौडी सङ्घले नाजिर उद्दिन मुस्लिमको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरेको छ […]

महिला फुटबल टोलीलाई बिदाइ

काठमाडौँ, १८ भदौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कीर्गिस्तानमा आयोजना हुने ‘नादेज्दा कप २०१९’ फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली महिला फुटबल टोलीलाई आज बिदाइ गरेको छ ।एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेश सिलवाललगायत एन्फा पदाधिकारीले १८ खेलाडीसहित २४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । सो […]

ओलम्पिक कमिटीको निर्वाचन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, १७ भदौ । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको तत्काल निर्वाचन नगर्न आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले कमिटीको भदौ २२ गतेसम्म निर्वाचनसम्बन्धी कार्य अगाडि नबढाइ यथास्थितिमा राख्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । उक्त आदेशमा दुवै पक्षलाई राखेर छलफल गरी उचित निकासमा पुग्नु मनासिब […]

सागका लागि महिला भलिबल खेलाडी छनोट

काठमाडौँ, १५ भदौ । नेपाल भलिबल सङ्घले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का लागि महिला भलिबल खेलाडी छनोट गरेको छ । साउन १ गतेदेखि बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट प्रारम्भिक चरणमा १८ खेलाडी छनोट गरिएको हो । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई आधार मानेर यसअघि १३औँ सागका लागि २५ खेलाडी छनोट गरिएको थियो । प्रारम्भिक […]

अन्ततः नेमारले भने, ‘म पीएसजी छोडेर कतै जाँदिन’

काठमाडौं । नेमार जुनियर पछिल्लो समयका सबैभन्दा महंगा खेलाडी हुन् । फ्रान्सेली फुटबल क्लब पीएसजीमा रहेका नेमार यस सिजन अर्कै क्लबमा जाने चर्चा थियो । अहिलेसम्म पनि उनी फेरि पुरानो क्लब बार्सिलोनामा जाने वा बार्साको चिरपरिचित प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिड जाने चर्चा चलिरहेको थियो । तर, यसैबीच अन्ततः नेमारले अब आफू पीएसजीमै बस्ने बताएका छन् […]

‘खेलकूद संस्कार बोकेको खजुरा’

बाँके, १५ भदौ । बाँकेको खजुरा खेलका लागि सम्भावना भएको ठाउँ हो । आन्तरिक प्रतिस्पर्धा मात्रै होइन राष्ट्रियस्तरका प्रतियोगिताका लागिसमेत तयार भइसकेको सन्देश खजुराले दिइसकेको छ । यसै वर्ष भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका महत्वपूर्ण चार विधाका खेल खजुरामा भए । यसले देशभरि खजुरालाई चिनाउने अवसर मात्रै दिएन, खेलाडी, अफिसियल, पत्रकार, खेलप्रेमी ठूलो सङ्ख्यामा त्यस […]

पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु

कास्की, १४ भदौ । पोखरामा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ । नव आदर्श सामुदायिक विकास समाज पोखरा–१९ लामाचौरको आयोजनामा सञ्चालन भइरहेको तीज महोत्सवको प्रमुख आकर्षणको रूपमा रहेको प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले उद्घाटन गरे । प्रतियोगिताअन्तर्गत आजको खेलमा गण्डकी प्रदेश र यु–डाइमण्ड काठमाडौँ एकेडेमी विजयी भएका छन् । गण्डकी प्रदेशले […]