रोनाल्ड बार्सिलोनाको नयाँ प्रशिक्षक रोनाल्ड बन्ने पक्का

एजेन्सी । बार्सिलोनाको नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यान बन्ने भएका छन् । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कोएम्यान नै क्लबको नयाँ प्रशिक्षक बन्ने बताएका छन् ।

५७ वर्षका कोएम्यान बार्सिलोनाका पूर्व खेलाडी पनि हुन् । उनले हाफ नेदरल्याण्डसको राष्ट्रिय टिमका प्रशिक्षक छन् ।

यो हप्ता भित्र उनलाई अनुबन्ध गर्ने प्रक्रिया पूरा हुने जनाइएको छ । मंगलबार बेलुका बोल्दै बार्तोमेउले भने, ‘हामीले छनौट गरेका व्यक्ति कोएम्यान हुन् । सबै कुरा सही तरिकाले अघि बढ्यो भने उनी आउँदो सिजन क्लबको प्रशिक्षक हुने छन् ।’

कोएम्यान मंगलबार नै बार्सिलोना पुगेका छन् अनुबन्धन सम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले क्लब छोड्न सक्ने खबरहरु आइरहेका बेला बार्तोमेउले भने, ‘मेस्सीले आफ्नो खेल जीवन नै बार्सिलोनामा अन्त्य गर्न चाहन्छन् । उनले यो कुरा धेरै पटक भनेका छन् ।’

उनले अघि भने, ‘मैले कोएम्यानसँग पनि कुरा गरेको छु र हाम्रो प्रोजेक्टको पिल्लर नै मेस्सी हुन् । उनको सम्झौता सन् २०२१ सम्मको छ । मेस्सीसँग मैले लगातार कुरा गरिरहेको छु र उनको बुवासँग पनि ।’

अध्यक्ष बार्तोमेउले भने, ‘मेस्सी विश्वका सर्वोत्कृष्ट खेलाडी हुन् । कोएम्यानको नयाँ रणनीतिमा मेस्सी नहुने कुरै हुँदैन ।’ तर उनले टिममा परिवर्तन हुन सक्ने भने संकेत गरेका छन् ।

Loading...