ग्रिजम्यान बार्सिलोनाबाट फिर्ता हुनसक्ने, एटलेटिको र बार्साबीच पर्यो यस्तो झगडा

काठमाडाैं । एथ्लेटिको मड्रिडबाट बार्सिलोना गएका चर्चित फुटबल खेलाडी एन्टोनी ग्रिजम्यान फेरि एटलेटिकाेमै फर्किन सक्ने बताइएकाे छ । ला लिगाले उनकाे ट्रान्सफर राेक्न सक्ने बताइएकाे छ । यस सम्बन्धमा ला लिगाले छिट्टै निर्णय लिनेछ ।

एट्लेटिकाे म्याड्रिडले बार्सिलाेनाले सम्झाैताभन्दा कम रकम दिएकाे भन्दै ला लिगामा कुरा पुगेकाे थियाे । बार्सिलाेनाले भने ग्रिजम्यानलाइ १२० मिलियन युराेमा अनुबन्ध गरेकाे र साे वमाेजिमकाे बुझाउनुपर्ने रकम बुझाएकाे जनाएकाे छ । उता एटलेटिकाे म्याड्रिडले भने बार्सिलाेनासँग कुरा गर्दा ग्रिजम्यानकाे रिलिज क्लज २०० मिलियन युराे रहेकाेले बार्सिलाेनाले २०० मिलियन युराे नै तिर्नुपर्ने दावी गरेकाे छ ।

बार्सिलाेनामा अाउँदा ग्रिजम्यानकाे रिलिज क्लज भने घटेर १२० मिलियन युराे रहेकाे थियाे । साेही क्लजमा बार्साले उनलाइ अनुबन्ध गरेकाे थियाे । तर एथ्लेटिकोले ग्रिजम्यानका लागि बार्सिलोनाले तिरेको रकम कम भएको बताउँदै आएको छ । ग्रिजम्यानको रिलिज क्लब घटाएर १२० मिलियन युरो बनाए लगत्तै बार्सिलोनाले उनलाई अनुबन्ध गर्नु उचित नरहेको एथ्लेटिको मड्रिडले बताउने गरेको छ ।

ग्रिजम्यानको रिलिज क्लज २०० मिलयनबाट जुलाई १ मा १२० मिलियन युरोमा झारिएको थियो । बार्सिलोनाले ग्रिजम्यानलाई अनुबन्ध गरेको घोषणा जुलाई १२ मा गरेको थियो । ग्रिजम्यानका सम्बन्धमा बार्सिलोनासँग सम्झौता रिलिज क्लब घटाउनु पूर्व नै भएकाले पूर्व निर्धारित रकम नै तिर्नु पर्ने एथ्लेटिको मड्रिडको माग छ ।

ला लिगा अध्यक्ष तेबासले अनडा सिरोसँगको अन्तर्वार्ताको क्रममा खेलाडीको ट्रान्सफर ब्लक गर्न सक्ने बताएका छन् । चाँडै ला लिगाले यो विवादका सम्बन्धमा निर्णय लिने उनले बताएका छन् । ग्रिजम्यानले बार्सिलोनाबाट डेब्यु गरिसकेका छन् ।

Loading...