बार्सिलोनामा प्रशिक्षकदेखि सहायक प्रशिक्षक सबै क्लबका पूर्व खेलाडी नियुक्त

म्याड्रिड । स्पेनिस क्लब बार्सिलाेनामा मुख्यप्रशिक्षकदेखि सहायक प्रशिक्षकमा क्लबकै पूर्व खेलाडी नियुक्त भएका छन् । लगातार खराब प्रदर्शनका कारण आलाेचित बनेकाे क्लबले अन्य पदहरुमा पनि परिवर्तन हुने चर्चा छ । 

पछिल्लाे समय बार्सिलोनाले सहायक प्रशिक्षकमा हेनरिक लार्सनलाइ नियुक्त गरेकाे छ । यसअघि मुख्य प्रशिक्षकमा रोनाल्ड कोएम्यान  नियुक्त भएका थिए । राेनाल्ड काेएम्यान नियुक्त भएकाे केही दिनपछि नै लार्सनलाई  नियुक्त गरिएकाे हाे । दुबै जना बार्सिलाेनाकै पूर्व खेलाडी हुन् ।

लार्सन बार्सिलोनाका पूर्व खेलाडी हुन्। उनले सन् २००६ मा क्लब छाड्नुअघि बार्सिलोनाका लागि च्याम्पियन्स लिग र ला लिगा उपाधि जितेका थिए। ४८ वर्षीय स्विडिस लार्सन बार्सिलोनामा भित्रने यसअघिदेखि चर्चा थियो।

लार्सन र कोएम्यानले सन् १९९० देखि १९९७ सम्म एउटै क्लबमा खेलेका थिए। युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८-२ गोलको लज्जास्पद हार ब्यहोरेपछि बार्सिलोनाले किके सेटिएनलाई हराएर कोएम्यानलाई भित्र्याएको हो।

बार्सिलोना यो सिजन कुनैपनि प्रतियोगिताको उपाधि जित्न असफल भएको थियो। यसैबीच बार्सिलोनाले स्पोर्टिङ डाइरेक्टर एरिक अबिदाललाई हटाएको छ।

लियोनल मेस्सीलगायत क्लबका अन्य खेलाडीसँग अबिदालको सम्बन्ध पछिल्लो समय बिग्रिएको थियो। मंगलबार अविदालको करार सकिएको भएपनि बार्सिलोनाले नविकरण गर्न चाहेन। उनी सन् २०१८ मा दुई वर्षका लागि बार्सिलोनामा नियुक्त भएका थिए।

बार्सिलोनामा ६ वर्ष खेल्नेक्रममा धेरै सफलता हात पारेका अबिदालको स्पोर्टिङ डाइरेक्टरका रुपमा दुवै सिजन विर्सनलायक रह्यो।

Loading...